आहा सञ्चार संबाददाता
रुकुम
रुकुम र सल्यानका सभासदहरुले रुकुम सल्यानलाई ५ नम्वर प्रदेशमा राख्नुपर्ने भन्दै संवैधानिक राजनीितक संवाद तथा सहमति समितिको ध्यानाकर्षण गराएका छन् । रुकुम १ नम्वर निर्वाचन क्षेत्रबाट निर्वाचित सभासद गणेशमान पुन,समानुपातिक सभासद दलजित श्रीपाली र सल्यान १ नम्वर क्षेत्रबाट निर्वाचित सभासद टेकबहादुर बस्नेतले सिङ्गो रुकुम र सल्यानलाई पश्चिम क्षेत्रमा नभै राप्तीका अरु जिल्ला जस्तै प्रदेश नम्वर ५ मा राख्न आग्रह गरेका हुन् ।
संवैधानिक राजनतिक संवाद तथा सहमति समितिका सभापति डाक्टर बावुराम भट्टराईलाई भेटी म्याग्दी जिल्लालाई पनि प्रदेश नम्वर ५ मा राख्नुपर्ने र बाग्लुङ पनि नटुक्र्याउन लिखित आग्रह गरिएको सभासद गणेशमान पुनले जानकारी दिए । सभासद पुनका अनुसार पहिचानका पाँच आधार र सामथ्र्यका चार आधारको आधारमा संघीयता बनाउने सैदान्तिक सहमति यस अघि भैसकेकाले त्यसको पूर्ण कार्यान्वनको लागि पनि सहमति समितिलाई आग्रह गरिएको छ ।
‘यस अघि भएको सैदान्तिक सहमति बमोजिम मगरात र थारुवानको कुरालाई पनि हामीले जोडतोडका साथ उठाएका छौं सभासद गणेशमान पुनले भने, विशेष गरी मगर, थारु लगायतका थुप्रै समुदायको पहिचान मेट्ने काम भएको छ यसलाई तुरुन्त सच्चयाइयोस् ।’ संघीयताको मर्म र भावना विपरीत गरिएको सिमाङ्कनले विकासमा अफ्ठ्यारो पार्ने भनाई सभासद पुनको छ । राप्तीका अरु जिल्ला जस्तै सिङ्गो रुकुमलाई पनि दाङ केन्द्र पर्ने गरी राखे मात्रै आम रुकुमेलीले चाहेको जस्तो हुने सभासद पुनले बताए ।
0 comments:
Post a Comment