आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, July 9, 2015

भ्रमित लोकतन्त्र ?


नबिन प्रकाश वली
मुलुकको लोकतान्त्रिक यात्रा २००७ साल देखि सुरु भई ०४६ साल हुदै ०६२÷६३ सम्म र अहिले २०७२ को तेस्रो महिना सम्म आईपुग्दा पनि यो अझै अपुर्ण छ । हामिले किस्ताबन्दी मा केहि उपलब्धी हासिल गरे पनि त्यसलाई सहि अर्थमा संस्थागत गर्न सकिरहेका छैनौं । राजतन्त्रको अन्तय गरी गणतान्त्रिक राज्य ब्यवस्था गरे पनि मुलुक अझै अर्ध औपनिवेशिक तथा अर्धसामन्ति अवस्था हुदै नवऔपनिवेशिक अर्धसामन्ति अवस्थाका कारण जनताका मौलिक अधिकार, राजनितिक स्वतन्त्रता, राष्ट्रियता र देशको समग्र विकास कुण्ठित भएको छ ।

 हालैको अवस्थामा आमुल परिवर्तन नभई देशको वास्तविक विकास हुन सक्दैन । समानता सहितको समृदि नभएसम्म त्यसलाई विकास भन्नु जनतामा भ्रम छर्नु हो । बाटोघाटो बन्नु, पुल नहर बन्नु, अस्पताल, कलकारखाना, शिक्षण संस्था बन्नु मात्र विकास होईन । यी क्षेत्रमा सर्वसाधारणको पहुँच छ कि छैन त्यो महत्वपुर्ण पक्ष हो । शैैदान्तिक हिसाबले बुझ्दा लोकतन्त्रलाई गरिब, मजदुर, किसान, उत्पीडनमा परेका दलित, महिला, जनजाति, मुस्लिम, उद्योगी, व्यापारी, कर्मचारी सबै सबैका समस्यालाई सम्बोधन गर्न सक्ने ब्यवस्थाका रुपमा लिईन्छ तर ब्यवहारमा त्यस्तो पाईदैन । लोकतन्त्रमा धनि भन्दा गरिब शक्तिशाली हुनु पर्ने हो किनकि उनिहरुको संख्या बढी हुन्छ । तर त्यसो हुन सकेको छैन । लोकतान्त्रिक सरकारले मजदुरहरुको उचित तलब, ज्याला  तोक्न सक्दैन, कृर्षको उत्पादनको मुल्य तोक्न सक्दैन, कालाबजारीलाई कारबाहि गर्न सक्दैन र मुल्यबृदि रोक्न सक्दैन भने आखिर लोकतन्त्र कसका लागि र के का लागी ? लोकतन्त्रको अर्थ हो लोककल्याण मुलुकमा लोककल्याण त भएको छ तर थोरै ब्यक्तिको मात्र, के अझै हामि लोकतन्त्रमा भरेसा गरेर बस्यौं भने हाम्रो  भविष्य उज्जवल होला त ? लोकतन्त्र भनेको जनतालाई मुख्य केन्द्र बिन्दुमा राखेर गरिने शासन ब्यबस्था हो । 

कि नेताले नेताका लागि नेताद्धारा जनतालाई प्रयोग गरि लुटेर खाने पद्धति हो ? लोकतन्त्र त भनिएको छ तर लोकतन्त्रको उपभोग मुलुकमा मुठ्ठिभर मानिसले मात्र गरिरहेका छन । लोकतन्त्रमा राजनितिक संस्कार महत्वपुण मानिन्छ । तर मुलुकमा मतादेश प्राप्त ठुला भनाउंदा राजनितिक दलले नै राजनितिक संस्कार गुमाएपछि संकट भित्रिएको हो जस्तो लाग्छ । राष्ट्रकै लागि नेतृत्व गर्न सक्ने क्षमतावान नेता नजन्मनु हाम्रो दुर्भाग्य हा । आफु अनुकुल मात्र सोच्ने र सत्तामा पुगेर अतिरिक्त धनसम्पति आर्जन गर्ने सोचको नेतृत्वले राष्ट्रको हित गर्न सक्दैन । के सांचो हो भने ठुला राजनितिक दल तथा नेतृत्वको अदूरदशि चिन्तन, 
ब्यक्तिगत स्वार्थपूति गर्ने उच्च अभिलाषा र संस्कार हिनताका कारण विभिन्न खाले समस्या उत्पन्न भएका हुन । आज विश्वभर करिब २ सय मुलुकहरु मध्ये झण्डै १ सय ४५ मुलुकमा लोकतन्त्र छ । बहुसंख्यक मानिसको हित गर्ने लोकतन्त्रमा धनि र गरिब बीचको खाडल कम हुने बिश्वास गरिन्छ । तर अक्सफमले केहि समयअघि गरेको सर्वेक्षणले ९ सय ९५ मानिसको सम्पति भन्दा १५ धनि मानिसको सम्पति बढी छ । यथार्थमा भन्ने हो भने लोकतन्त्र संसार भर पूंजीवादी ब्यवस्थालाई स्थापित गर्ने, टिकाई राख्ने र तिनै १५ मानिसको हित गर्ने दहे हतियार मात्र हो । आज हाम्रो देशमा ठुलासाना झण्डै दुई दर्जन कम्युनिष्ट पार्टी छन । कम्युनिष्ट पाटिर्काे अन्तिम लक्ष्य वर्गविहिन र राज्यविहिन समाज स्थापना गर्नु हो । कम्युनिष्ट पार्टीलाई संसार भर गरिखाने वर्गको पार्टिका रुपमा चिनिन्छ ।

 तर बिडम्बना नेपालमा यति धेरै कम्युनिष्ट पार्टी भए पनि शोसन,उत्पीडन र अन्यायमा परेका गरिखाने वर्गको राजनिति कसैले गरेको देखिदैन । भलै कान्छो कान्छो माओवादिले टाकटुक कहिलेकाहिं गरेको सुनिन्छ, देखिन्छ । हरेक कम्युनिष्ट पार्टिमा सुरुमा क्रान्तिकारी हुन्छन । जब पार्टिले राम्रो आकार ग्रहण गर्छ वा सत्तामा पुग्छ त्यसले आफ्नो वर्गिय  धार विर्सिन्छ । अन्तयमा उ पनि वुर्जुवा लोकतन्त्रको अंगिकार गरेको सिद्धान्त अनुसरण गर्न पुग्छ । देशले अहिले सम्म ५ वटा कम्युनिष्ट प्रधानमन्त्री र सयौं मन्त्रि पाइसकेको छ । तर तिनले देश र जनताका लागि आफ्नो सिद्धान्त अनुसार वर्गधरमा काम गर्न सकेनन्,बरु उल्टै कम्युनिष्टले कम्युनिष्टकै खुट्टा तानेको देखियो । 

लोकतन्त्र र गणतन्त्र जस्ता विचार प्रणालीले हाम्रो  मुलुकमा गरिब जनतालाई शोषन दमन गर्ने र लोकतन्त्रका नाममा जनता बीच विभेद पैदा गर्ने साधन मात्र भएको छ । तसर्थ नेपालका सबै कम्युनिष्ट पार्टिले यसको हृदयसंगम गरी साझा कार्यदिशा बनाएर पद प्रतिष्ठा, मान, सम्मानको पर्वाह नगरि शोषन, दमन र उत्पिडनमा परेका जनतालाई मुक्त गर्न जनगणतन्त्रात्मक शासन प्रणाली स्थापना गर्न अझै एकपटक नेपालि समाजमा ठुलो धक्का आवस्यक छ । स्पष्टमा भन्नुपर्दा हामिले जनवादी क्रान्ति हुदै समाजवाद ,र अन्तिम लक्ष्य साम्यवाद स्थापनाका निम्ति पुन ःएकपटक संर्र्घको बाटोमा लाग्नुपर्छ । 
लेखक वली पेउघा १ रुकुम स्थायी घर भई हाल अध्ययनको सिलसिलामा काठमाण्डौमा बस्छन . sisnenabin49@gmail.com

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |