आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, July 29, 2015

राजकोटको अपेक्षा (संस्मरण )


 एम.एल.ओली 
रुकुम साहित्य माला कार्यक्रमको नवौ श्रृखला पूर्व सूचना अनुसार सुरु हुन थोरै समय बाँकी थियो । उक्त कार्यक्रममा पुगी साहित्यिक रसले तृप्त हुने र पर्यटकीय क्षेत्रको अवलोकन गर्ने उद्देश्यले क्षितिज पारीको कार्यक्षेत्रबाट हिजै बेलुका अड्डामा पुगेको थिएँ । प्रकृतिको खानी मेरो प्यारो रुकुम जिल्ला भित्रको ऐतिहासिक र पर्यटकीय स्थलको साहित्य कार्यक्रममा रमाउनको लागी जिल्लाबाट साहित्यकार साथीहरुसँग आजभन्दा २५वर्ष पहिले मैले जिन्दावाद र मूर्दावादको नारा ओकलेको भुतपूर्व पैदल मार्गद्धारा आफ्नै खारिएका टायरलाई कुदाउदै तरकारीको भण्डार सोलावाड गाडी हुँइकिने सडकमा पुर्यायौ । बैरागी ठाँटी नजिक हामीलाई पर्खिएका चारजना साथिलाई भेट्दा अब हाम्रो टोली पौने दर्जन पुगेको थियो । कालो पत्रे सडकमा चिल्ला,खस्रा तथा दुईपाँग्रे,चारपाँग्रे गाडीहरु तँछाड र मछाड गरिरहेका थिए । हामी सडक किनारा आफ्नै रफ्तारमा हिड्दै गर्दा परिचत साथीहरुले प्रक्षेपण गरेका के हो? हाकिम जस्ता भएर पनि पैदल हिड्ने गाँठे,  जस्ता वचनका छर्रा श्रवण यन्त्रमा कोच्चिन पुग्थे जसलाई प्रवेश गर्न नदिएर हामी हिडिरहयौ हिडिरहयौ ।

        हामी साहित्यिक भलाकुसारी गर्दै,रमाउदै,कलकल गर्दै भेरीनदी भेट्न आतुर त्यो लहुँ खोलाको किनारा छिचोल्दै गएको सडकमा हिडेर पिथिवाङ नजिक पुगेका थियौ । हाम्रो पछाडीबाट दुईवटा चिल्ला गाडी घुईय गरेर अगाडी गएर टक्क अडिए । हामीले आआफ्नो तरिकाले कसैले हामीलाई बोक्न होला,कसैले किन सडकमा हिडेको ? भनि केरकार गर्न होला,कसैले इन्जिनमा खराबी आएर होला,त कसैले थकाइ मेट्न होला जस्ता अनुमानित विश्लेषण गरेका थियौ । गाडीको सिसा भित्रैबाट हामीलाई चिनेर हाम्रा अभिभावक साहित्यिक व्यक्तित्व हत्तपत्त गाडीको दर्बाजा खोलेर बाहिर निस्कदा मात्र यथार्यता छर्लंग भयो । गाडीमा  जिल्ला सरकारी कार्यालयका प्रमुखहरु, जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, प्रत्रकारहरु, सुरक्षाकर्मीहरु सहितको महत्वपूर्ण टोली जिल्लाको भ्रमणमा जाँदै थियो । हाम्रा अभिभावक रुकुम जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं साहित्यिक व्यक्तित्व हरिप्रसाद भण्डारीले न्यानो माया मिसिएको सहानुभूति तथा प्रेरणामय गर्विलो सुझाव चखाउनु भयो जुन अमूल्य थियो ।

 “पैदल यात्राको बेग्लै मजा हुन्छ ।” हाम्रा अभिभावकको त्यो मधुर वाणीभित्र विचार, भावना, आत्मियता लगायत साहित्यको एउटा सिगो तस्विर मेरो अगाडि प्रतिविम्वित मात्र भएन कि हाम्रो समग्र टिमलाई पोषिलो र स्वदिलो मसला मिसिएको खुराक बन्न पुग्यो । हामी सवार यात्रा अवधिभर कति मान्छे भेटिए ? कस्ले के भने ? कस्ले के सोचे? सोच्न, भन्न र गर्न सबलाई छुट छ । कतिले कौवालाई पच्छारे? कतिले कोइलीलाई उछिने ? राम्रो ,नराम्रो सुन्ने प्रत्यक्षदक्र्षी मेरा निर्दोष श्रवण यन्त्र र सत्यतथ्य, बाइलो, बिसाइलो र तितोपिरो ओकल्ने थुतुनोलाई विश्लेषण गर्ने अविभारा तोक्दै साथीहरुसँग प्रतिस्पर्धा गर्न गोडालाई आदेश दिए । अर्काको पिठ्युमा बुँइ चर्नेहरु को कहाँ पुगे ? हामी सुखारी पैदालुहरु भने, ढुक्कसँग साहित्यिक भावनाहरु साटासाट गर्दै र प्रकृतिसँग पिरती गाँस्दा गाँस्दै सिम्रुतु बजार पुगेछौ । यहाँदेखि हाम्रो यात्रा पश्चिमतर्फ उकालो चढ्नुपर्ने भएकोले होटलपसी ताकत भरियौ । 

जानकार पथ प्रदर्शकको हैसियतले मैले मुख खोले । त्यहाँ मेरो परिचित एक जना साथीसँग भेट भयो । हाम्रो समूह देखेर आश्चर्य मान्दै उनले भने‘ कहाँ जाने टोली हो ? आज,साहित्य कार्यक्रम छ ,त्यही जाँदै छौ ,बरु फुर्सद छ भने हजुर पनि    ¬मैले नढाँटीकन जवाफ दिन कन्जुस्याइ गरिन । साथिको ओठबाट चम्सुको क्रस प्रश्न खडा भयो के तपाई पनि साहित्यमा लाइजानु भो र ? जवाफ फिर्ता गर्न बाध्य भई यथार्थ कुरो वके । अलिअलि बामे सर्ने प्रयासमा छु ।

      सिम्रतु मेरो स्थानीय व्यापारी केन्द्र हुनुको नाताले तथा मुरु मेरो छिमेकी गाविस भएकोले त्याहाँ म परिचित थिएँ । म अगाडि बाटो देखाउने गाइडर कहल्लिएर सुरिए । साहितित्यक ब्यक्तित्व कमलमनि सरले “खिचडी” झिकेर बाँडिरहनु भएको थियो । उक्त खिचडीको मीठो स्वादसँगै खरनेटाको उकालो खप्लक्कै निलेको पत्तै भएन । हामी बालकल्यान निमावि लाछीकोट पुग्नासाथ त्यहाँका निस्वार्थ र पवित्र आत्मका धनी कलिला बालबालिका अञ्जुलीमा सुगन्धित थुँगााले उइनिएका माला तथा राष्ट्रिय रंग बोकेर हाम्रो स्वागतार्थ प्रतिक्षारत अवस्थामा भेटायौ । विद्याथीको मन्दिर एक नजरले अवलोकन पनि गरियो । सडकले विद्यालयलाई ठूलो अन्याय गरेको दृश्य त्यहाँ पुग्ले जोकोहीले पनि नागो आँखाद्धारा देख्न सक्छ । हामीलाई आजको कार्यक्रमका व्यवस्थापक तथा साहित्यिक ब्यक्तित्व पूर्णवहादुर खड्काको निवासतर्फ लाछिकोट निमाविका प्रअ लगायत स्थानीय साहित्यकारको टोलीले पु¥यायो । हामीलाई स्वागत गर्न उहाँ पनि तयारी अवस्थामा रहेको पायौ । आगनीमा बसेर केही बेरको थकान पश्चात पूर्ण सरले पञ्चामृतभित्रको महत्वपूर्ण अमृत चखाउनु भयो । हामी सबैजना कार्यत्रम स्थलतर्फ उक्लियौ ।

        ऐतिहासिक महत्व बोकेको पर्यटकीय क्षेत्र राजकोटमा पाइलो टेक्दा उत्तरमा अवस्थित हिउँको टोपी शिरमा सजाएको सिस्ने हिमाल, पुथा हिमाल, धवलागिरि हिमाल, पर्वतीय सृंखला लगायत चारैतिरको प्राकृतिक सम्पदा अवलोकन गर्न केवल परेला उघारे मात्र पुग्दोरहेछ । त्यहाँ ऐतिहासिक, पुरातात्यिक सांस्कृतिक सम्पदाहरुमा अजय स्थम्भ, शिव मन्दिर, गणेश मन्दिर, जुम्ली र जर्याल राजाले लडाइ गर्दा घायल भएका ढुगाका अवशेषहरु तथा स्वच्छ हावा, रमणीय वातावरण, रुकुम जिल्ला अड्डाको आकृति ऐनामा तस्विर हेरेझै प्रष्टै देखिन्छ । अवलोकन अध्ययन पश्चात ब्यबस्थापकले प्रतिक्षालयमा बिराजमान गराइ पञ्चामृतको सगुनसँगै पञ्चामृतभित्रको एक अमृतमा पकाइ प्रदान गरिएको स्वादिलो प्रसाद प्राकृतिक टपरीमा रमाउदै निल्यौ । अनि ,रुकुम साहित्य मालाको नवौ श्रृखंलाको औपचारीक कार्यक्रममा जुट्यौ । रा.सा.प.जिल्ला शाखा रुकुमकी सचिव सृजना शर्माले सञ्चालन गरेको कार्यक्रको अध्यक्षता परिषद्का जिल्ला अध्यक्ष गिरिप्रसाद बुढाले गर्नु भयो । यस साहित्यिक कार्यक्रममा कार्यक्रमका ब्यवस्थापक पूर्णवहादुर खड्काले स्थानीय साहित्यको विकास, विस्तारमा जिल्लाको साहित्य कार्यक्रमले पार्ने प्रभाव बारे आफ्नो धारणा राख्नु भएको थियो । मलाई पनि साहित्य माला कार्यक्रम तथा समग्र रुकुम जिल्लाको साहित्य बारेमा प्रकास पार्ने अवसर मिलेकोले आफ्नो जिम्मेवारी पुरा गरें ।

 कार्यक्रमको निर्धारित समयभित्र जिल्लाका स्रष्टाहरुका रचना तथा स्थानीय स्रष्टाहरुका स्वागत गीत, कविता, सिंगारु गीत, टप्पा गीत, लोक गीत, गजल,मुक्तक जस्ता विधाहरु वाचनले पर्यटकीय क्षेत्र राजकोटलाई मोहित पारेको थियो । बालबालिका,युवायुवती,बृद्धबृद्धा ,राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, शिक्षक, विद्यार्थी लगायत विभिन्न तह र तप्काका सम्पूर्ण मानवजाति मात्र होइन साहित्यले बोटबिरुवा, जिवजन्तु लगायत भौतिक र अभौतिक सबैलाई प्रभाव पारेको हुन्छ । प्रकृतिको न्यानो काख खुल्ला आकाशमुनि गुञ्जिएको साहित्यले राजकोटको घना जंगलभित्रका जनावर तथा पंछिहरुलाई आफ्नो भाका बिसाएर श्रवण गर्न कर गरेको थियो । त्यहाँको मुख्य आर्कषण जेष्ठ नागरिक दय सर्वजीत ओली र भिउराम खड्काको “बारीको हरियो साग कोले टिप्यो ब्यानै, रसरंग गर्न पाइदैन घरबार नजोर स्यानै, घरबार नजोर स्यानै नानै ,घरबार नजोर स्यानै” जस्ता ठाडीभाका गीतले लोक साहित्यको संरक्षण गर्न हौस्यायो भने कार्यक्रका प्रमुख अतिथि साहित्यिक ब्यक्तित्व कमलमनी देवकोटाको “साँइलोजी,गाई त आइए मालैमाला गाई किन बान्दैनौ ,माया लै,साँइलोजी म माने जतिको माया साइ किन मान्दैनै, माया लै” जस्ता साइलोजी भाकाको गीतले सबैलाई लठ्ठ पारेको थियो ।

 कार्यक्रमका अध्यक्ष गिरिप्रसाद वुढाले छन्दोबद्य मीठो कविता वाचनसँगै उक्त कार्यक्रमका व्यवस्थापक पूर्णवहादुर खड्का लगायत स्थानीय जनसमुदायलाई धन्यवादले सम्मान गर्दै नवौ साहित्य मालाको समापन गर्नु भयो । कार्यक्रको अन्त्यमा व्यवस्थापक पूर्ण सरले विभिन्न समूहले तयार पारेको परिकारसँगै राजभोजले तृप्त गराएर बिदाई गर्नु भयो ।  हामी छोटो बाटो काँसपोखरी हुदै बैरागी ठाटी झरेर गाडी चढी मुसीकोट पुग्ने सहमति गर्दै ओरालो कुद्दै थियौं । हामीलाई भन्दा ज्यादा हतार सूर्यलाई थियो किनकि अर्को लोकका मानिसलाई बिउताएर कर्ममा जुटाउन उज्यालो छर्नु थियो । त्यसैले क्रमशःसूर्यले आफ्नो चेहरा पश्चिमको क्षितिजपारी लुकाउदा अँध्यारोले बैस कढ्दै थियो । अँध्याराको सेखी झार्न सगरका ताराहरुले परेड खेल्दै थिए भने हाम्रो सम्मुखको रुकुमको अड्डा एवं भरखरै नगरपालिका घोषणा भै दिपावली गर्न लोडसेडिगं भएतापनि परेलाभित्रैबाट तल्लिन रहेको बिजुलि बत्तिले खिस्सि गरिरहेको थियो । हामी काँगेखोला र लहुखोलाको दोभानमा जुत्तालाई बोकेर खोलो तराइ पुनः खुट्टालाई जुत्ताभित्र घुसारी राप्ती राजर्माग भेट्न चारहात खुट्टा प्रयोग गरेरै भएपनि सडकको जरो भेटाएरै छाड्यौ । एक दुईवटा गाडीहरु बिपरीत दिशामा कुदिरहेको बाहेक हामीलाई बुइगर्ने कुनै साधन पाइएनन् । सोलावाडमा धितमरुन्जे चिसो पानी ट्याकीमा भण्डार गरेर पिपलनेटाको छोट्करी भिरको बाटो उक्लियौ ।

 उकालो एकदमै ठाडो थियो, फोल्ड गर्न त मिल्थ्यो तर गरेनौं । नरोकिएर अबिरल कुद्ने भेरीनदीको यात्रालाई सम्झेर पाइला उठाईरहेको थिएँ । साथीहरु थाकेर बोली सुन्निदैन्थ्यो, मोबाइलहरुले भने मच्चीमच्ची गीत सुनाउदै थिए । साहित्य कहिलै थाक्दैन,यो त अभाव, अफ्ठेरो र अन्कण्ठार ठाउमा रमाउछ साथीहरुलाई हौसला दिदै मैले भने । हामी के पाउन र के को लागि खटिरहेकाछौ ? केही साथीको जिज्ञासा सुनिन्थ्यो । आमालाई बिसन्चो छ,त्यसैले आमाको रखबारी गर्नु सन्ताको दायित्व हो, त्यही पुरागर्न हामी खटीरहेका छौ । म बोले । मेरो बोली नओबाउदै साथीको खाप्चोबाट अर्को जिज्ञासा पैदा भयो । हाम्रो एउटा गाडी हुनु पर्ने यार ? कमलमनी सरले उक्त जिज्ञासाको समाधान गर्दै बोल्नु भयो । आगामी बहत्तर सालभित्र हाम्रो गाडी आउदैछ ,त्यसपछि हामी मिलेर चढौला धन्दा नमानुस् । उहाँको भनाइले ठूलो राहत मिल्यो, थाकेको  तन सुस्तीयो, दुखेका गोडा पनि रस्तिए, उकालो पनि छोट्यिो, पिपलनेटा मध्यपहाडी राजमार्ग पनि सजिलैसँग  भेट्यिो । बहत्तर सालपछि नयाँ गाडीमा अघन्जीसम्म बसेर साहित्यमा खटिरहने वाचाका मन नलागी नलागी हामी टुक्रिन बाध्य भयौ । घडी दौडिदै रातीको बाईस बज्न हतार थियो, आकाशमा ताराहरु नाच्दै थिए । बाटाको छेउघारीका घरभित्र बास बसेका प्रणीहरु भुनभुन गरेको अइस्पष्ट ध्वनि कानमा ठोक्किने प्रयास गर्दा जबरजस्ति हुत्याउदै कदम बढाइ घरमा पुगेँ ।

 सुताह बत्तिले आँखा चिम्लि सकेको थियो भने परिवारले उत्सुक्ता साथ नसुति प्रतिक्षा गरेका थिए । पाकेको आहार आत्तिएर अलाप बिलाप गरेको दर्दनाक अबस्था देख्दा मन थाम्न नसकी हतार हतार भकारीभित्र ठकान्दै राजकोटले बोलेको, उस्को भावना, इच्छा र चाहना तथा उस्को अपेक्षा बारेमा घोत्लिन मन लाग्यो । घरभित्रका र बाहिरका थुप्रै मानव जातिले त्यहाँ पुगेर मनभित्र गुम्सिएको, तितो, पिरो धपाई, अतितलाई बिर्सिदै, वर्तमानलाई सम्झदै, विकास निर्माण लगायत सामाजिक र मानवीय क्रियाकलापमा बन्धुबान्धव एकजुट भएर स्वच्छ र पबित्र भावना लिई मन, वचन र कर्मले व्यक्ति,समुदाय र राज्यबाट विशेष नजरले हेरोस् भन्ने अपेक्षा राजकोटले गरेको छ । धन्यबाद ।                                                  

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |