नेपाली जनताहरुको भावना बोकेको संबिधान, संबिधान सभा बाटै जारी गर्न बिभिन्न समयमा आन्दोलन तथा राजनैतिक अग्रसरता भए । गृह युद्धमा रहेको तत्कालिन नेकपा माओबादी र सरकार बिच शान्ति सम्झौता भई नेपाली राजनीतिले छलाङ मारेपछि सबै क्षेत्रहरुको सहमतिमा नेपालमा अन्तरिम संबिधान समेत जारी भयो । जसले गर्दा पुरानो संबिधान भन्दा अन्तरिम संबिधान धेरै लोकतान्त्रिक बन्न पुग्यो र त्यसलाई संस्थागत गर्न नेपालको ईतिहासमा पहिलोपटक संबिधानसभाको चुनाब भयो ।
जस अन्तरगत पनि नयाँ संबिधान निर्माणका लागि धेरै पहिल र प्रकृया भए तर सार्थक हुन सकेन । जसका कारण पहिलो संबिधान सभा स्वत बिघटन भयो भने संबिधान सभाबाटै नयाँ संबिधान बन्न आषामा रहेका नेपालीहरुमा निरासा थपियो । यस बिचामा साना ठुला बिभिन्न राजनैतिक घटनाक्रमहरु भए जसले बर्तमान तथा भबिश्यको राजनैतिक निकासका लागि पनि धेरै संघर्ष गरियो । केहि राजनैतिक शक्तिहरु अब संबिधान सभाबाट संबिधान जारी हुदैन भन्ने पक्षमा गए भने केहि फेरी पनि अर्को संबिधान सभाको चुनाब मार्फत पनि नयाँ संबिधान बन्छ भन्ने पक्षमा गए । अन्तत नेपालमा दोस्रो संबिधान सभाको चुनाब भयो । देशमा दोस्रो पटक संबिधान सभाको चुनाब भई छनोट भई आएका जनताका प्रतिनीधीहरु अहिले पनि शान्ति र नयाँ संबिधानको पक्षमा काम गरिरहेका छन । यसबाट पनि जनतामैत्री नयाँ संबिधान बन्छ या बन्दैन भन्ने बहस संबिधान सभा, शहर अनी गाउँगाउँमा छ । चिया चौतारोमा कोहि भनिहाल्छ भन्ने पक्षमा तर्क गरिरहेका छन भने कोहि यो संबिधान सभा पनि असफल बन्छ भन्ने पक्षमा छन । तर्फ सबैका आफ्नो होलान तर संबिधान सभाले यसपटक गरेको कार्य सकारात्मक र नयाँ संबिधान निर्माण गर्ने दिशातिर उन्मुख छ । अघिल्लो संबिधानसभाको घाँडो भनेको संघियता लगायतका केहि बिषयमा यसपटक १६ बुद्धे राजनैतिक सहमतिले हल गरिसकेको छ । त्यसका साथै केहि अघिल्लो संबिधान सभाले गरेका कामलाई संस्थागत गर्दै संबिधान निर्माणको अन्तिम प्रकृयामा संबिधान सभा लागिसकेको छ ।
जसले गर्दा यस पटकको संबिधान सभाबाट नयाँ संबिधान बन्छ भन्ने मत बढी पाउन सकिन्छ । तर यसबिचमा पनि संबिधान सभा भित्र र बाहिर पनि किचलो नभएको भने होईन । ठुला राजनैतिक दल देखि साना राजनैतिक दल सम्म यहि बिषयका कारण किचलो छ । त्यस्तै बैद्य, विप्लव माओबादी, राप्रपा, मधेसी लगायतका दल अहिले पनि आन्दोलनमै छन । तर संबिधान निर्माणका ठुला शक्ति अहिले एक भएर अगाडि बढीरहेका छन । यो संबिधानले सबै दल अनी सबै जनताको भावना समेटिने अनी पुर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी हुने संबिधान जारी गरोस हाम्रो पनि शुभकामना ।
0 comments:
Post a Comment