आहा सञ्चार संबाददाता
रुकुम
बिभिन्न अपराधिक र लुटपातका घटनामा फरार रहेका रुकुमका एक जनालाई प्रहरीले हतियार सहित पक्राउ गरेका छन । रुकुमको हुकामबाट आकार भनिने बलमान रोकालाई प्रहरीले अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने गोली ५ राउण्ड गोली र भरुवा बन्दुक एक थान सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमले उनलाई पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार उनलाई रुकुम मैकोट गाविस ६ सांग्रे बुकि पाटनमा यार्सागुम्बा लुट्न भनि आत्याधुनिक हातहतियार सहित जांदा दुई समुह बिच झगडा हुंदा सिन्धुपाल्चोक जिल्लाका हर्क तामाङको हत्या गरेको मुद्धामा फरार थिए । हतियार सहित पक्राउ परेका रोका बिभिन्न घटनामा संलग्न रहेको र अझै पनि अनुसन्धान भैरहेको रुकुमका प्रहरी प्रमुख गोबिन्द थपलियाले जानकारी दिए ।
0 comments:
Post a Comment