मेगराज खड्का
रुकुम
स्थानीय निकाय बित्तिय आयोगको न्युनतम शर्त तथा कार्य सम्पादन मापनमा जिल्ला विकास समिति रुकुम यसपटक अनुतिर्ण भएको छ । बिगतका बर्षहरुमा राम्रो अंक प्राप्त गरि उर्तिण भईरहेको जिविस रुकुम यस बर्षको नतिजामा अनुर्तिण भएको हो । आर्थिक बर्ष ७०/७१ को मापन नतिजामा जिविस रुकुमले ६० मात्र अंक प्राप्त गरेको स्थानीय निकाय बित्तीय आयोगले जानकारी दिएको छ ।
अघिल्लो बर्ष जिविस रुकुमले ७७ अंक प्राप्त गरि मध्यपश्चिममै राम्रो नतिजा प्राप्त गरेको थियो । जस अनुसार रुकुम जिविसले यस बर्ष बिशिष्ट नतिजा आउने लक्ष राखेको थियो । सरकारले स्थानीय निकायलाई तोकिएको न्यूनतम अनुदान उपलब्ध गराउनुका अतिरिक्त सम्बन्धित स्थानीय निकायको जनसंख्या, विकासको स्तर, राजस्व परिचालन गर्न सक्ने सम्भाव्यता र क्षमता, वित्तीय साधनको आवश्यकता, आय र व्ययको नियमित अभिलेख कार्य, लेखा परीक्षणको स्थिति, आर्थिक अनुशासनको स्थिति जस्ता आधारमा छनोट गर्ने गरेको छ । रुकुमका स्थानीय विकास अधिकारी भरत कुमार शर्माले आयोगले यसपटक नयाँ मापदण्डमा साथ मुल्याङकन गरेका कारण केहि समस्या आएर जिबिस रुकुम अनुतिर्ण भएको प्रतिक्रिया दिए । ‘यसपटक त हामीले बिशिष्ट क्षेणी ल्याउने लक्ष राखेका थियौ’ स्थानीय विकास अधिकारी शर्माले आहा सञ्चारलाई भने, ‘नम्बर ठिक हुँदा हुदै पनि आन्तरिक स्रोत कमी हुँदा एउटा बिषय लागेर नतिजा नराम्रो आयो ।’ उनका अनुसार नतिजा पुर्नयोगका लागि पनि प्रयास गरिने छ ।
२० प्रतिशत अनुदान कटौती हुने
स्थानीय विकास मन्त्रालयका अनुसार जिल्ला बिकास समितिहरु उर्तिण भएमा थप अनुदान पाउछन भने अनुतिर्ण भएमा बजेट थप कटौटी हुन्छ । जस अनुसार अघिल्लो बर्ष रुकुम जिविस उर्तिण भएर थप अनुदान रहक पाएपनि यस पटक अनुर्तिण भएका कारण जिल्लामा आउने २० प्रतिशत अनुदान रकम कटौती हुने छ । यसैबिच अघिल्लो आर्थिक बर्षमा रुकुमका २ गाविस अनुर्तिण भएपनि यस आर्थिक बर्षमा सबै गाविस उर्तिण भएका छन ।
0 comments:
Post a Comment