आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, June 30, 2015

राप्ती अञ्चल अस्पतालमा अप्रेशन सहितका थप सेवा


दिपक बोहरा
दाङ
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा अप्रेशन सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । अस्पतालमा हाल दैनिकजसो २ सय ५० बढी बिरामीको स्वास्थ्य चेकजाँचका साथै दुई जना भन्दा बढी बिरामीको अप्रेशन भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डन भोला श्रेष्ठले बताए । 

अप्रेसन सेवा शुरु नहुँदा अन्य अस्पतालमा रिफर गर्नु पर्ने बिरामीलाई अहिले राप्ती अञ्चल असपतालमै उपचार गर्ने गरिएको असपतालले जनाएको छ । अहिले टाउको, मुटु र ढाड बाहेकका अन्य बिरामीलाई असपतालले अप्रेसन गर्ने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डन श्रेष्ठले जानकारी दिए । यहि असार १ देखि अप्रेसन सेवा शुरु भएको थियो । अपे्रसन सेवा शुरु भए देखी अहिले सम्म ३२ जना बिरामीको सफल अप्रेशन गरिएको अस्पतालले जनाएको छ ।  

यसैबिच राप्ती अञ्चल अस्पताल तुलसीपुरले आउँदो साउन महिनादेखि आइसियु सेवा र पाठेघरको मुखको क्यान्सरको उपचार समेत सुरु गरिने राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |