आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, June 28, 2015

पुर्तिमकाँडाले हात पा¥यो प्रथम सिल्ड


मनिष खड्का

रुकुममा आयोजना गरिएको “प्रथम रुकुम बृहत खेलकुद प्रतियोगीता”मा पुरुष भलिवलमा पुर्तिमकाँडाले प्रथम सिल्ड हात पारेको छ । अन्तिम फाइनल खेलमा आठविसकोटलाई ३–१ को सेटमा हराउँदै पुर्तिमकाँडाले प्रथम सिल्ड आफ्नो पक्षमा लिन सफल भएको हो । 

पुर्तिमकाँडाको समुहबाट पराजित भएको आठविसकोटको समुहले दोश्रो सिल्ड हात पारेको छ । प्रथम सिल्डको दाबेदार मानिएको मुसिकोट नगरपालिकाको समुहले पनि तेश्रो स्थानमा चित्त वुझाएको छ । पुरुष भलिवलमा प्रथम हुने पुर्तिमकाँडाले ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गरेको छ । त्यस्तै द्धितिय हुने आठविसकोटले ३० हजार सहित सिल्ड, मेडल र प्रमाण पत्र र तृतिय हुने मुसिकोट नगरपालिकाको समुहले २० हजार सहित सिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गरेको छ । प्रतियोगिता अन्तरगत महिला भलिवलमा मुरु गाविसको समुह प्रथम, गरायला गाविसको समुह द्धितीय र पुर्तिमकाँडाको समुह तृतीय भएको छ ।

 महिला भलिवलमा प्रथम हुनेले २० हजार सहित सिल्ड मेडेल र प्रमाण पत्र, दोश्रो हुनेले १५ हजार सहित मेडेल र प्रमाण पत्र र तेश्रो हुनेले १० हजार सहित मेडेल र प्रमाण प्रत्र प्राप्त गरेका छन् । मध्यपश्चिममै पहिलो पटक आयोजना गरिएको गुरिल्ला म्याराथुनमा दुर्गा बुढाले पहिलो स्थान हात पारे । जिल्लाको पिपल स्थित मेलगैरीको सहिद पार्कबाट मुसिकोट खलंगा सम्मको दुरीमा बुढाले १ घण्टा ३० मिनेटमा पार गरेका हुन । १ घण्टा ३४ मिनेटमा दुरी पार गर्दै मदन केसी दोस्रो, १ घण्टा ३६ मिनेटमा दुरी पुरा गर्दै खड्ग बुढा तेस्रो र १ घण्टा ३६ मिनेट ४० सेकेण्डमा दुरी पार गर्ने दिपकजङ्ग पाण्डे चौथो भए ।

 त्यस्तै महिला गुरिल्ला म्याराथुन प्रतियोगितामा समान २ घण्टा ५३ मिनेटमा दुरी पार गर्दै सल्यानकी निमा ओली र रुकुमकी गीता विक पहिलो भए । ३ घण्टा ४ मिनेटमा दुरी पार गरी धन कुमारी बस्नेत दोस्रो भईन । गुरिल्ला म्याराथुनमा प्रथम स्थान हात पार्ने महिला पुरुष दुबैले ७ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः ४ हजार, २ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । जनयुद्धको समयमा माओवादी लडाकुहरुले प्रयोग गरेको बाटोमा दौडाइने दौडलाई गरिल्ला म्याराथुन भन्ने गरिएको छ । यसैगरी ब्याडमिन्टनमा जनक शाह र सुधिर शाह प्रथम, राम वहादुर विष्ट र सुमन मल्ल द्धितीय र सुनिल शाह र वकिलजङ्ग शाह तृतीय भए । लोकगित प्रतियोगितामा रमेश परियार प्रथम, माया केसी द्धितीय, माया दाहाल र हिमाल ओली तृतीय तथा करुणा पुन सान्त्वना भए । बुद्धिचाल प्रतियोगितामा धनविर ओली जिल्ला च्याम्पीयन वन्न सफल भए ।

 १२ जनाले प्रतिस्पर्धा गरेको प्रतियोगितामा भिमवहादुर खड्कालाई पराजित गर्दै ओली जिल्ला च्याम्पीयन वनेका हुन । ओलीसंग पराजित खड्काले दोश्रो स्थानमा चित्त वुझाए भने जितवहादुर शाह तेस्रो भए । सवै प्रतियोगिताका विजेता समुह र खेलाडीहरुलाई वुधवार समापन कार्यक्रमका विच पुरस्कार र प्रमाण पत्र वितरण गरिएको छ । भ्रमण वर्ष २०७२ लाई सफल पार्न समृद्ध समाज नेपाल रुकुमले प्रतियोगिताको आयोजना गरेको अध्यक्ष सुवोधराज सिर्पालीले जानकारी दिए । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |