आहा सञ्चार संबाददाता
रुकुम
जिल्लाको एसएलसी नतिजा यसपटक प्रतिशतका आधारमा केहि घटेको भएपनि उर्तिण श्रेणीका हिसाबले भने नयाँ स्थान कायम गरेको छ । रुकुममा यसपटक ४७ं.०२ प्रतिशत बिद्यार्थी उर्तिण भएका छन । यस अघि जिल्लामा करिब ५०.७५ प्रतिशत बिद्यार्थी उर्तिण भएका थिए । रुकुममा जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालका अनुसार यसपटक २ हजार २ सय २५ जना बिद्यार्थीहरु उर्तिण भएका हुन ।
उर्तिण प्रतिशतका केहि कमी आएको भएपनि यसपटक विशिष्ट क्षेणीमा उर्तिण हुने बिद्यार्थी संख्या भने रुकुमका लागि नयाँ सफलता हात परेको छ । ‘यसअघि थोरै संख्यामा मात्र विशिष्ट क्षेणीमा पास हुने गरेका थिए, गत बर्ष पनि ३ जना मात्र थिए’ जिल्ला शिक्षा अधिकारी खनालले भने, ‘यसपटक १७ जना बिद्यार्थी विशिष्ट श्रेणीमा पास भएका छन, यो रुकुमका लागि गुणस्तरमा भएको नयाँ सफलता हो ।’ उनका अनुसार यस पटक संस्थागत बिद्यालयहरु भन्दा सामुदायिक बिद्यालयका धेरै जनाले विशिष्ट श्रेणी हासिल गरेका छन ।
यस बर्ष विशिष्ट श्रेणी हासिल गर्ने ११ जना सामुदायिक बिद्यालयका छन भने ६ जना मात्र संस्थागत बिद्यालयका बिद्यार्थीहरु रहेका छन । जिल्ला सदरमुकाम मुसिकोट खलंगा रहेको न्यू मुनलाईट बोडिङ स्कुल सहित चौरजहारी क्षेत्रमा पनि केहि संस्थागत बिद्यालयबाट एसएलसी परिक्षामा सहभागि हुदै आएका छन । शिक्षा कार्यालयका अनुसार यस बर्षको एसएलसी नतिजामा ४ सय ७२ जनाले प्रथम श्रेणी, १ हजार ६ सय २२ जनाले द्धितिय श्रेणी र १ सय १४ जनाले तृतीय श्रेणी हासिल गरेका छन । एसएलसी नतिजा सम्बन्धी बिद्यालयगत बिस्तृत बिवरण भने आउन केहि समय लाग्ने जिल्ला शिक्षा कार्यालय रुकुमले बताएको छ ।

0 comments:
Post a Comment