आहा सञ्चार संबाददाता
रुकुम
जिल्लाका अधिकांस ग्रामिण भेगहरुमा सडक पुगी यातायात समेत सञ्चालनको अबस्थामा रहेको भएपनि सिमित सवारीसाधानका कारण धेरै यात्रुहरु कोहि हिडेर त कोहि कोचिएर यात्रा गर्न बाध्य छन । अहिले जिल्ला भित्र तथा बाहिर जाने सवारीसाधनहरु क्षमताभन्दा बढी यात्रु बोकिरहेका छन जसका कारण यात्रुहरुले शास्ती भोगिरहेका छन । जिल्लाको दोस्रो व्यापारिक केन्द्र चौरजहारीमा जिल्ला सदरमुकाम मुसिकोट खलंगा बाट दैनिक एक ओटा मात्र गाडि छुट्ने गरेको भएपनि यात्रुहरु भने कोचाकोच हुन्छन ।
नियमित कामकाजका लागि पश्चिमी क्षेत्रबाट खलंगा आउने तथा अस्पताल लगायतका अन्य कामकाजमा चौरजहारी तिर जाने यात्रुहरु बढी रहेका कारण यस्तो समस्या भएको हो । त्यस क्षेत्रका एउटा मात्र गाडि सञ्चालनमा हुँदा कित त्यसैमा कोचिएर त कि पैदल हिड्नुपर्ने बाध्यता यात्रुसंग छ । त्यस्तै रुकुम देखि सोलाबाङ, सिम्रतु र झुल्नेटा सम्म सञ्चालन हुने भनेको स्थानीय सवारीसाधन समेत प्रभाबकारी बन्न सकिरहेको छैन । यात्रुहरु दैनिक बढिरहेको भएपनि यातायात समितिले थप गाडिको ब्यबस्था गर्न नसकेको हो । त्यस्तै मुसिकोट खलङगा बाट पिपल पोखराका लागी छुट्ने जिप एउटा मात्र र यात्रु सङख्या धेरै भएपछि सदरमुकाम लगायतका क्षेत्रमा पुग्ने यात्रुहरु मर्कामा परेका छन ।
दिनानुदिन हरेक कामले सदरमुकाम खलङगा तथा सल्ले सम्म आउने यात्रु बढ्दो क्रममा भएपछि सिमित सिट क्षमताको गाडिका कारण यस्तो समस्या देखिएको हो । सिस्ने हिमाल बस तथा मिनीबस यातायात व्यवसायी समिती र स्थानियको सम्झौता पश्चात गाडिको सिट क्षमता मध्यनजर गरी पिपलको लागिम जिपु र कुनाखेतबाट ८ सिट र पोखराबाट ६ सिट छुट्याईएको थियो । यसरी छुट्याईएको गाडिको सिट पिपल आउँदा पोखराबाटै भरिएर आउने गरेपछि पिपलबाट काटिने टिकट पाईन छोडेको स्थानिय कबिराज शर्माले गुनासो गरे ।
‘गाडिको सिट क्षमतालाई मध्यनजर गर्ने हो भने १ गाबिसकै यात्रुहरुलाई पनि सिट नपुग्ने देखिएको छ’ स्थानीय बुद्धिजीबि गोपिराम खड्काले भने, ‘यस्तो समस्याका बावजुत यातायातका साधन हुदाँहुदै पनि पैदल हिड्नुपर्ने बाध्यता स्थानियले भोग्दै आएका छन ।’ उनका अनुसार स्थानीयले २ वटा गाडि सञ्चालन गर्नुपर्छ भनी समितिमा धेरैपटक कति मौखिक तचथा लिखित निबेदन दिएपनि सुनुवाई भएको छैन ।
यस बिषयमा सिस्ने हिमाल बस तथा मिनीबस यातायात व्यवसायी समितीका अध्यक्ष महेन्द्र बुढाले भने पिपल पोखरा रुटमा डायल ईन्चार्ज नभएका कारण ढिलाई भएको प्रतिक्रिया दिए । उनका अनुसार यस विषयमा समितीले छलफल गरी यातायात छिटै सहज बनाउन प्रक्रिया अगाडि बढाईने छ । तर स्थानीयहरुले भने घरछेउमै सडक भएपनि गाडि अभाबका कारण सडक यातायातको उपभोग गर्न नपाएकोमा दुख ब्यक्त गरेका छन ।
0 comments:
Post a Comment