मेगराज खड्का
रुकुम १९, जेठ
लामो खडेरी पर्दा आकासबाट पानी पार्न बिभिन्न पूजाआजा तथा भ्यागुताको बिहे गरेको सुन्नुभएको होला तर के मुहान सुकेपछि पनि धार्मिक कर्म गरेको सुन्नुभएको छ । अचम्म नमान्नुहोस रुकुमको एक गाविसका स्थानीय बासिन्दाहरुले देउता रिसाएर मुहान सुकेको भन्दै पूजाआजा र बली समेत दिएका छन । जिल्लाको खोलागाउँ ९, भलाक्चाका स्थानीय बासिन्दाहरुले मुहानबाट पानी आउने कामना सहित पूजाआजा र बली दिएका हुन । गाउँलेले प्रयोग गर्दै आएको ठुलीपधेँरी पानीको मुहान सुक्दै गई स्थानीयलाई समस्या भएपछि यसरी पुजाआजा तथा बली दिईएको हो ।
खानेपानी उपभोक्ता समितिको अग्रसरतामा आईतबार राती ८ बजे मुहान छेउमा गई पुजारी लालबिर डाँगीद्धारा मुहानबाट पानी आउने बिश्वास सहित पुजा तथा बलि दिएका थिए । सम्पुर्ण उपभोक्ताहरुको सहभागिता रहेको उक्त मुहानमा भेडा र कुखुराको बली दिईएको थियो भने एक जोडि परेवा समेत उडाईएको थियो । मुहानमा पानी सुक्दै गएपछि पुजापाठ गरेका स्थानीयले भगवान संग पानीको माग राख्दै प्राथाना समेत गरे । ‘देउता रिसाएर केहिले मुल सुकेको हो की भनेर बुढापाखाहरुको सल्लाह अनुसार मुहानमा पुजाआजा गरियो’ स्थानीय जगबिर केसीले भने, ‘पूजाआजा मात्र नभएर मुहान वरपर सरसफाई पनि गरिएको छ ।’
उक्त मुहानबाट पानी आउन छोडेपछि अहिले स्थानीयहरुले एक घण्टा टाढाको दुरीबाट पानी बोकेर ल्याउने गरेको स्थानीय डिल्ली बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार उक्त गाउँमा ४५ बढी घरधुरीहरु बसोबास गर्दै आएका छन । मानिस सगै गाईबस्तुहरु तथा शौचालयका लागि समेत स्थानीय टाढाको दुरीबाट पानी बोक्न बाध्य रहेको बताईएको छ । गर्मी र सुख्खा समय सगै जिल्लामा बिभिन्न पनि मुहान सुकेर खानेपानीको समस्या हुदै आएको छ । सदरमुकाम मुसिकोट खलंगा, दोस्रो व्यपारिक केन्द्र चौरजहरी लगायतका अन्य बजार केन्द्रका स्थानीय वासीहरु पनि पानीको लाईन बस्नुपर्ने अवस्था छ ।

0 comments:
Post a Comment