आहा सञ्चार संबाददाता
रुकुम
शान्ति र समृद्धिको चाहा समाचार र बिचारमा आहा भन्ने मुल नारा लिई रुकुमबाट निरन्तर प्रकाशन भैरहेको आहा सञ्चार साप्ताहिकले यस बर्षको आहा सञ्चार पत्रकारिता पुरस्कार पत्रकार गोपाल रेग्मीलाई प्रदान गरेको छ । जिल्लामा नियमित र उत्कृष्ट पत्रकारिता गर्ने एक जना पत्रकारलाई पुरस्कृत गर्ने उदेश्यले स्थापना कालदेखि आफ्नो बार्षिक उत्सबको अवसरमा पत्रिकाले ५ हजार राशीको पत्रकारिता पुरस्कार घोषणा तथा प्रदान गर्दै आएको हो । जस अनुसार पत्रिका दोस्रो बर्ष पुरा गरि तेस्रो बर्षमा प्रबेश गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरि पुरस्कार बितरण गरियो ।
रेग्मीलाई नेपाल पत्रकार महासंघ रुकुमका संस्थापक अध्यक्ष नारायण कुमार शाहले नगद तथा प्रमाणपत्र प्रदान गरे । पत्रकार रेग्मीले स्थानीय रेडियो सानीभेरी सगै जिल्लाबाट एबिसी टेलिभिजनमा समेत रिपोटिङ गर्छन । त्यस्तै पत्रिकाको पहिलो बार्षिक उत्सबका अवसरमा अघिल्लो पटक घोषणा गरिएको आहा सञ्चार पत्रकारिता पुरस्कार २०७१ पनि बितरण गरिएको छ । पहिलो पटक घोषणा गरिएको उक्त पुरस्कार सामाजिक रुपान्तरणमा उत्कृष्ट र नियमित कलम चलाकाले भन्दै पत्रकार प्रबिर ददेललाई घोषणा गरिएको थियो ।
पत्रकार ददेल नेपाल दलित पत्रकार मञ्च रुकुमको अध्यक्ष हुन भने आर्थिक अभियान दैनिकमा पनि रुकुमबाट रिपोटिङ गर्दछन । आहा सञ्चार पत्रकारिता पुरस्कार रुकुम जिल्लाको सञ्चार माध्यायम तथा अन्य निजि क्षेत्रबाट स्थापना गरिएको पहिलो पत्रकारिता पुरस्कार रहेको आहा सञ्चार साप्ताहिकका प्रकाशक/सम्पादक मेगराज खड्काले जानकारी दिए ।

0 comments:
Post a Comment