आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, May 19, 2015

काफलले गयो रुकुममा एक महिलाको ज्यान

शेर प्रसाद ढकाल
चौरजहारी

काफलको रुखबाट लडेर रुकुम खोलागाउँमा एक महिलाको मृत्यु भएको छ । वडा नम्वर ६ सानाखोला थारीहाल्नाकी ३८ वर्षकी पवित्रा खत्रीको लडेर मृत्यु भएको हो । 

रुखको हाँगा भाँचिएर गम्भीर घाइते भएकी खत्रीलाई उपचारका लागि चौरजहारी अस्पताल लैजादै गर्दा विच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उपचार गर्न लैजाने क्रममा कोटजहारीको ऐराकेमा उनीको मृत्यु भएको प्रहरी चौकी खोलागाउँ सर्केनाका ईन्चार्ज विनोद रिजाले जानकारी दिए ।  

काफल टिप्न मंगलबार दिउसो खत्रीसँगै ५ जना एउटै काफलको रुखमा चढेको बताईएको छ ।  चढेको हाँगा भाचिएर लडे पछि खत्रीमात्र गम्भीर घाइते भएकी थिईन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |