आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, May 19, 2015

राजश्वको टोली आउदा रुकुमका व्यापारीमा भुईंचालो

मेगराज खड्का
  समाचार टिप्पनी
बुधबार अर्थात बैशाख ३० गते बिहानैदेखि रुकुम सदरमुकाम खलंगा स्थित अधिकांस ठुला पसलहरु बन्द थिए । धेरैको अडकलबाजी थियो आजभोली नियमित भूकम्प आईरहेकोले त्रासका कारण पसलहरु बन्द गरेर सुरक्षित ठाउँतिर बसेका होलान । त्यस्तै अर्को थरी भन्दै थिए के भूकम्पबाट ठुला ब्यापारीहरु मात्र बाँच्न चाहेका हुन, साना ब्यापारीहरु खोलेरै बसेका छन त ? यी र यस्तै टिप्पनीका कारण त्यो दिन रुकुम बजार बन्दका बिषयमा निकै चर्चा चल्यो ।
    तर खासमा बन्दको कारण यी थिएनन् । एक्कासी राजश्व अनुसन्धान बिभाग क्षेत्रिय कार्यालयबाट रुकुमका व्यापार व्यवसायको अनुगमनका लागि आएपछि त्रसित भएर यसरी बन्द गरिएको थियो । रुकुम आउन थालेको केहि    ब्यापारीहरुले थाहा पाई बन्द गर्न थालेपछि देखासिकी र हल्लाहल्लैमा अन्य व्यापारीहरुले पनि बन्द गर्न पुगेको थिए । व्यापारीहरुको बन्द मार्फत गरिएको अवरोधपछि उक्त अनुगमन टोली त्यसै फर्किएको बताईएको छ । त्यस्तै अनुगमन टोली खलंगा सगै अन्य व्यापारिक केन्द्रहरुमा पनि जान लागेको खबर पाएपछि भोलीपल्ट चौरजहारी लगायतका ब्यापारीहरुले पनि पसल बन्द गराएका थिए । अनुगमन टोली रुकुम आउँदा बाटोमा केहि ढुवानी गरिरहेका ट्रकका बिल अनुसन्धानको दायरामा ल्याएपछि टोली आएको खबर जताततै चुहावट भएको थियो । रुकुम उद्योग बाणिज्य संघ रुकुमको निर्देशनमा बजार बन्द गरिएको हल्ला बाहिर आएपनि त्यसमा आफ्नो कुनै संलग्नता      नरहेको र व्यापारीहरुले आफुखुसि गरेको हुनसक्ने संघले जानकारी दिएको छ । समाचार स्रोतका अनुसार रुकुमका अधिकांस ठुला ब्यापारीहरुले मापदण्ड अनुसार सम्बन्धीत निकायहरुमा दर्ता गरेको भएपनि राजश्व अनुसन्धानको पहिलो आकस्मिक अनुगमन, भ्याट छलि तथा प्रकृया अनुसार बिल तथा खाता जारी नगरेका कारण त्रसित भई बन्द गरेको बताईएको छ । बिल जारी बिनै समानहरु बिक्रि गर्ने गरिरहेका     व्यापारीहरु पनि उक्त दिन देखि बिल तथा अन्य प्रकृया पु¥याउन लागिपरेका छन ।
    अहिले धेरै ब्यापारीहरु छापाखानाहरुमा बिल छापिरहेको देखिन्छ । अख्तियारी प्राप्त अनुगमन टोली आउँदा पसल बन्द गरेर बिरोध गर्नु पक्कै पनि राम्रो काम हुन सक्दैन । राज्यको नीति नियमभन्दा हामी कोहि माथी हुन सक्दैनौं, राज्यको नीति नियममा बसेर नै हामी सबैले आआफ्नो व्यापार व्यवसाय गर्ने हो । त्यसकारण कुनै पनि व्यापार व्यवसाय गर्दा त्यससंग राज्यको नीति के छ त्यसको स्पष्ट जानकारी र ब्यबहारिक अभ्यास पनि गर्नु आबश्यक छ । यस पटक रुकुमका ब्यापारीहरुमा आएको भुईचालो आगामी दिनहरु नआओस, यसपटकको घटनाले पाठ सिकी आगामी दिनहरुमा यसरी रुकुमको आर्थिक शान    गिराउने काम नगरियोस ।
    रुकुमका अधिकांस व्यापारीहरु अबैध नहोलान तर हचुवाका भरमा अरुले पनि हल्लैहल्लामा बजार बन्द गर्दा रुकुमका धेरै ब्यापारीहरुले नियम कानुनको खिल्ली उडाई  कालोबजारी गर्दा रैछन भन्ने सन्देश भने यो घटनाले सम्बन्धीत निकायहरुमा पक्कै पु¥याएको छ । शुरुमा भुलबस कमिकमजोरी सबैमा हुन्छन तर हामी त्यो कमजोरी देखि भाग्ने होईन गल्ती गरेमा क्षमा मागी आगामी दिनहरुको सफल यात्रा तय गर्नुपर्छ । त्यसकारण औपचारिक कार्यक्रमहरुमा ठुला ठुला आर्थिक समृद्धिका भाषण गर्ने तर ब्यबहारिकतामा निच र नैतिकता गुमाएका अभ्यास गर्नाले हाम्रो बजार, समग्र रुकुमको आर्थिक क्षेत्रमा कालोबजारी या प्रकृया अनुसारको राम्रो काम अनी व्यवसायीहरुको ज्ञान, सिप, दक्षता र सोच कति राम्रो र कति फराकिलो रैछ सडकमा स्पष्ट र छताछुल्ल भएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |