दिपक बोहरा
दाङ
पटक पटक अबरुद्ध हुदै आएको दाङको टरिगाउ बिमान स्थल झण्डै सात बर्षपछि फेरी संचालनमा आएको छ । २०६६ मंसिर देखि संचालन हुन नसकेको बिमान स्थल बिहिबार देखि संचालनमा आएको हो । तुलसीपुर उद्योग वाणिज्य संघको लामो प्रयासपछि सात वर्षदेखि अबरुद्ध रहेको विमान सेवा सुरु भएको हो । गोमा एयरको विमान काठमाडौवाट सुर्खेत हुँदै दाङको टरिगाउँ विमानस्थलमा अवतरण गरेको थियो । गोमा एयरले अब प्रत्येक साताको सोमबार र बिहीवार काठमाडौ–सुर्खेत हुँदै टरिगाँउ विमानस्थलवाट उडान भर्नेछ ।
विमान अबतरण गर्ना साथ तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाईमा सभासदद्वय डिल्लीवहादुर चौधरी र बुद्धिराम भण्डारी, काँग्रेस जिल्ला सभापति घनश्याम रेग्मी लगायतले विमान चालकदलका सदस्यहरु तथा यात्रुहरुलाई स्वागत गरेका थिए ।
धावन मार्ग कालो पत्रे नभएका र यात्रुको अभाबमा नहुदा बिमान संचालनमा आउन सकेको थिएन । साढे आठ करोडको लागतमा केही समय अघि धावनमार्ग कालोपत्रे गरिएको थियो । गत असार १८ मा तारा एयरले टरिगाउ एयरपोर्टमा सफल परीक्षण उडान गरेको भएपनि त्यसको झण्डै एक वर्षपछि विमान नियमित भएको हो ।
प्राबिधिक टोलीले टरिगाउ एयरपोर्टको टावर मर्मत गरेर नेपालगञ्ज टावरसँग सम्पर्क जोडेको छ । प्राविधिक टोलीले टरिगाउँ टावरबाट नेपालगञ्जको टावरसँग टावर टु टावर दोहोरो सम्वाद समेत गरेर फर्किएको जानकारी दिइएको छ । २०१६ साल देखि ०४२ सालसम्म नियमित विमान संचालन भएको थियो । तर त्यसपछि २०६० सालसम्म विमान सेवा अवरुद्ध वनेको थियो । फेरी २०६० सालदेखि सुरु भएको विमान सेवा ०६६ मंसिर सम्म नियमित संचालनमा आएको थियो त्यसयता उडान सन्चालन भएको थिएन । २०६० सालमा व्यवसायी रविभक्त श्रेष्ठ पर्यटन मन्त्री भएपछि विमान सेवा टरिगाउँ विमान स्थलमा सुरुभएको थियो । तर त्यसयता धावनमार्ग कालोपत्रे नभएको, यात्रु अभाव लगायत विभिन्न कारणहरु देखाएर विमान सेवा अवरुद्ध हुंदै आएको थियो ।
विमानस्थल कालोपत्रे गर्न भूमिका खेलेको तुलसीपुर उद्योग वाणिज्य संघले विमान सेवा सुचारु गर्न गोमा एयरलाई आश्वस्त पार्न ९ वटै टिकेटको जिम्मा आफैले लिएको छ । विमानस्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले लामो समयदेखि वाणिज्य संघले थालेको मिसन पूरा भएको प्रतिक्रिया दिए । दाङवाट सिधा काठमाडौं जान सात हजार नौं सय ९० रुँपैया भाडा निर्धारण गरिएको छ ।

0 comments:
Post a Comment