रुकुम जिल्लामा हाल एउटा विषयले चर्चा पाइरहेको छ । वैशाख ३० गते (जुन दिन बजार तथा व्यापार अनुगमनको शिलशिलामा राजश्व अनुसन्धान मध्यपश्चिम तथा सुदुरपश्चिम क्षेत्रीय कार्यालय कोहलपुरको एक टोली खलंगा पुगेको थियो) सदरमुकाम खलंगा बजार एकाएक बन्द भएपछि विभिन्न अडकलवाजीहरु काटिएका छन् । ठाउँ ठाउँमा बजार बन्द हुनका कारणबारे भिन्न भिन्न मत सार्वजनिक भैरहेका छन् । अझ धेरैगुनासो त रुकुम उद्योग वाणिज्य संघकै आग्रहमा बजार बन्द गरिएको भन्ने सुन्नमा आएको छ । के वैशाख ३० गतेको खलंगा बजार बन्द रुकुम उद्योग वाणिज्य संघले गराएको हो त ? यी र रुकुम उद्योग वाणिज्य संघको पछिल्लो गतिविधिका विषयमा रुकुम उद्योग वाणिज्य संघका सदस्य धनबहादुर खड्का ‘वसन्त’संग आहा सञ्चार साप्ताहिकका लागि पत्रकार हरि गौतमले गरेको कुराकानीको सारसंक्षेप ।
आहा कुराकानी
खलंगाका सबै व्यापारी वैध रहेनछन् क्यार है ?
यसरी भन्न मिल्दैन । हामी व्यापारीहरु अवैधानिक छैनौं । हामीले राज्यका नियमनकारी निकायहरुबाट वैधानिकता लिई आआफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेका छौं ।
राज्यले हामीलाई व्यापार व्यवसाय सञ्चालन गर्न भनेर अनुमति दिएको छ र हामीले तोकिएको मितिमा निर्धारितम मापदण्ड अनुरुप नै व्यवसाय गरेवापतको कर तिरिरहेका छौं । म दावाका साथ भन्छु यो तपाईँले गरेको प्रश्न जस्तो छैन रुकुमको व्यवसाय ।
त्यसो हो भने राजश्व अनुसन्धान क्षेत्रिय कार्यालयको अनुगमन टोली आउँदा किन बजार बन्द गरियो त ?
त्यतिबेला बुझाईमा केही कमजोरीहरु पक्कै रहे । अनुगमन टोली जो क्षेत्रिय कार्यालय नेपालगंजबाट आएको थियो । सो अनुगमन टोलीले पनि आगोमा घ्यू थप्ने काम गरेको आभाष हामी सबैलाई भएको छ । राजश्व अनुसन्धान क्षेत्रिय कार्यालयको टोली अनुगमनको शिलसिलामा पहिलो पटक रुकुम पुगेको थियो । यस्तो अवस्थामा कतिपय हामी व्यापारीको बुझाईँमा फरक परेको अवश्य हो ।
अनुगमन टोलीको अनुगमन शैली र यस अघिका केही त्यस्ता नजिरका कारण बजार बन्द हुन पुग्यो । बजार बन्द हुनु आफैमा सुखद कुरा होइन र यसप्रति हाम्रो गम्भिर ध्यानाकर्षण पनि भएको छ । यो विषयमा रुकुम उद्योग वाणिज्य संघले आवश्यक समिक्षा सहित बाई मिस्टेक बजार बन्द हुने पुगेको निस्कर्ष निकाली सकेको छ । बजार बन्द गर्नेमा व्यापारीहरु स्वःतस्फूर्त रुपमा सहभागि भएका छन् । यसमा रुकुम उद्योग वाणिज्य संघको कुनै संलग्नता छैन । रुकुम उद्योग वाणिज्य संघको बजार बन्द गर भन्ने संस्थागत आग्रह, निर्देशन र निर्णय कहीँ कतै छ भने पुष्टि गर्न चुनौती दिन्छु । यो बजार हल्लाको विषयमा हाम्रा अध्यक्ष टेकबहादुर पुनले पनि संस्थाको आधिकारीक धारणा तपाईँहरु जस्तै आम मिडिया मार्फत सार्वजनिक गरिसक्नुु भएको छ ।
उसो भए अनुगमन टोलीले तपाईँहरुलाई खवर गरेर आउनु पर्ने होइन त ?
मेरो आशय यो हुँदै होइन । राजश्व अनुसन्धान कार्यालय र हामीबीच सहकार्यको जरुरत अनिवार्य छ । अनुसन्धानको क्रममा हामी अर्थात व्यापारीहरुलाई सोधेर, सम्पर्क गरेर आउनुपर्छ भनिएको होइन । उ राज्यको अधिकार सम्पन्न निकाय हो । उसले आफ्नो काम आफ्नो नीति,विधि अनुसार चलाइरहेको छ र चलाउनु पनि पर्छ । यसमा रुकुम उद्योग वाणिज्य संघले सहयोगी निकायको रोल खेल्न सक्थ्यो यसमा समन्वयको अभाव भने देखियो ।
तपाईँको मतलव रुकुम त्यसमा पनि खलंगाका सबै व्यापारी र व्यापारीको नेतृत्व गरिरहेको रुकुम उद्योग वाणिज्य संघ दुधले नुहाएका छन् ?
मैले तपाईँलाई हामी सबै व्यापारी दुधले नुहाएका हौं भन्ने कोणबाट कुरा गरेकै होइन । तर सत्य के हो भने बजारमा पिटिएको हल्ला जस्तै सबै व्यापारी अवैध छैनौं । काम गर्ने क्रममा केही सानातीना गल्ती हुनुलाई पहाड नै बनाएर बाहिर ल्याउनु शोभायमान मान्न सकिन्न । सानातिना कमजोरी होलान तिनलाई सच्च्याइन्छ, सच्च्याइँदै आइएको पनि छ । कमजोरीहरुमा पनि केही प्रक्रियागत तथा प्रविधिजन्य कुराले सहज बनाइरहेको छैन । यी कुराहरुलाई राज्यले नीतिगत रुपमा परिवर्तन र लागु गर्न जरुरी छ । जवसम्म यी र यस्ता विषयमा राज्य र त्यसका निकायहरु चनाखो बन्दैनन् तवसम्म यस्ता ससाना कमजोरी भैराख्नेछन् ।
रुकुम उद्योग वाणिज्य संघ मातहतका ९८ प्रतिशत व्यापार व्यवसाय घरेलु, प्यान र मूल्य अभिवृद्धि करमा दर्ता भएरै सञ्चालनमा छन् । यसलाई कसरी अवैध भन्न मिल्छ ? केही सिकाईगत समस्या पनि देखिरहेका छन् । यस्ता समस्या समाधानमा हामी लागि परेका छौं । हाम्रो अध्यक्षको पहलमा बेला बेला समस्या समाधान र सिकाई उपलब्धिका बारेमा आन्तरिक राजश्व कार्यालय तुलसीपुरसँग तथा आपसमै पनि इन्ट्रयाक्सन हुने गरेका छन् । यो कुरालाई अझै बढाउनुपर्ने महशुस गरेर त्यसकै तयारीमा हामी लागि परेका छौं ।
अन्त्यमा, पहिलो पटक त बजार बन्द गरेर समस्याको समाधान गर्नुभयो क्यार आगामी दिनमा पनि यसलाई नै निरन्तरता दिनुहुन्छ कि अन्य कुनै उपाय अपाउनुहुन्छ ?
मैले तपाईँलाई पटक/पटक भनि सकें कि हामी अनुगमन टोलीको डरत्रासका कारण भागेको होइनौं । उहाँहरुलाई असहयोग गर्न खोजिएको पनि होइन । नियमनकारी निकायको विरोध पनि भएको होइन, तर दुःखद पक्ष भन्नुपर्छ परिस्थिति त्यस्तै बन्न पुग्यो । यो विषयमा हामीले व्यापक समिक्षा गरिसकेका छौं कि अनुगमनको क्रममा आउने टिमलाई हाम्रो पूर्ण सहयोग हुन्छ, स्वागत हुन्छ, सिकाई बाँड्छौं, केही कुरा बुझ्नु पर्ने होलान् ती कुरा बुझ्न प्रयास गछौं र कमजोरीहरु क्रमश घटाउँदै लैजाने छौं । रुकुम उद्योग वाणिज्य संघले त्यसको पहल गर्नेछ । हाम्रो उद्देश्य यही हो कि सबै व्यापारीले सरल, सहज तरिकाले आफ्नो व्यापार व्यवसाय अघि बढाउन् ।
राज्यको नीतिविधिभित्रै रहेर व्यापार व्यवसाय अघि बढोस् । हामीले तिर्नुपर्ने शुल्क उचित, समयमा उचित ठाउँ तथा सहज तरिकाले तिर्न सक्ने अवस्था सृजना होस् । हामीले कर तिरेवापत गर्व गर्ने अवस्था बनोेस् । नीजि क्षेत्र र सरकारको सम्बन्ध संधै सहकार्यमूखि बनेर जानुपर्छ । राज्यले घोषणा गरेको तीन खम्बे अर्थ नीतिको एउटा खम्बा हुनुका नाताले पनि रुकुमको समग्र नीजि क्षेत्र यसमा प्रतिबद्ध छ । ताकि तपाईँले भनेजस्तो भागाभाग हुने अवस्था नै होइन ।

0 comments:
Post a Comment