आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, May 19, 2015

खटपट हुँदा श्रीमति घर छोडेर भागेपछि...

गोपाल रेग्मी
चौरजहारी

रुकुमको कोटजहारी गाविसमा एक महिला बेपत्ता भएकी छन । श्रीमान श्रीमतीको सामान्य विवादमा गाविसको वडा नं १ माझमेला निवासी ३२ वर्षिय पम्फानाथ योगी बेपत्ता भएकी हुन । शुक्रवार दिउसो छोरीलाई कुटेको विषयमा श्रीमान श्रीमतिको घरझगडा हुदा उनी घर वाट निस्किएकी हुन ।

 विवाद पछि श्रीमान सार्कुनाथ योगी स्थानीय एक व्यक्तिको  विहेमा गएको वखत श्रीमति घर वाट भागेको वताईएको छ । आफनो नागरीकता लत्ताकपडा सहित घरमा रहेको नगद २० हजार रुपैया लिएर श्रीमति बेपत्ता भएको योगीले जानकारी दिए । २ छोरा र २ छोरी गरी ४ सन्तानको जन्मदिएकी श्रीमति भागेपछि आफुहरु विचल्लीमा परेको उनले प्रतिक्रिया दिए । कालो वर्ण, नाकमा भुलाकि, हरिया चप्पल र टाउकोमा सेतो कपडा लगाएकी श्रीमतिको खोजिकार्यमा सहयोग गरीदिन सवैमा अनुरोध गरेका छन । 

सल्यान जिल्लाको कालागाउँ गाविस वडा नं १ खरखरेना माईती घर भएकी श्रीमति लाई फेला पार्ने कुनैपनि महानुभावले मोवाईल नं ९८६८१५५५२६ अथवा नजिको प्रहरी कार्यालयमा खवरगरी दिनुहुन समेत उनले सबैमा अनुरोध गरेका छन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |