आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Monday, May 11, 2015

केन्द्र द्धारा द्धारा राहत बितरण

आहा सञ्चार
रुकुम

बैशाख १२ गते गएको बिनाशकारी भूकम्प पीडितहरुलाई ग्रामीण युवा सरोकार केन्द्र रुकुमले राहात बितरण गरेको छ । आन्तरिक स्रोत र सहयोगी हातहरुसंगको सहकार्यमा युवा सरोकार केन्द्रले काभ्रेको दुर्गम गाबिस भिमखोरी वडा नं ५ पुरानागाउँ र मान्तीडाँडाका २५ घर परिवारलाई एक लाख बराबरको राहात बितरण गरेको हो ।
भूकम्पका कारण घरबारबिहीन भएका उनीहरुलाई संस्थाले दाल, चामल, नुन, तेल, भाँडाकुडा र औषधी वितरण गरेको संस्थाका अध्यक्ष पुस्तक चन्दले जानकारी दिए । उनका अनुसार संस्थाले आगामी शनिवार अमेरिकामा बसोबास गर्ने नेपालीहरुको सहयोगमा करिब डेढ लाख बराबरको राहात सामाग्री अति प्रभावित सिन्धुपाल्चोकको सिपापोखरीमा ३५ परिवारलाई राहात वितरण गर्ने समेत जनाएको छ । ‘देश बिपतमा परेको बेला हामीले पनि सानो सहयोग गरौं भन्ने उदेश्यले यस्तो प्रयास गरिएको हो’ केन्द्रका अध्यक्ष चन्दले भने ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |