आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, May 3, 2015

घाईतेहरुका लागी रुकुममा रगत संकलन

गोपाल रेग्मी
रुकुम

महाभूकम्पका कारण घाईते भएकाहरुका लागि रुकुमको चौरजहारीमा ४५ पिन्ट रगत संकलन गरिएको छ ।  वैशाख १२ गते गएको महाभूकम्पका कारण देशका विभिन्न जिल्लामा भएका घाईते व्यक्तिहरुको समस्यालाई ध्यानमा राखेर रगत संकलन गरिएको हो । नेपाली काग्रेस विजयश्वरी गाउँ कार्य समितिको आयोजना र चौरजहारी अस्पतालको प्राविधिक सहयोगमा रगत संकलन गरीएको बताईएको छ ।
शितल क्याम्पस चौरजहारीको प्रांगनमा गरीएको रक्तदान कार्यक्रमको शुरुवातमा नेपाली सेनाको वीरदल गण चौरजहारीका क्यापटेन रगेन थापामगर, ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक केशर वहादुर कार्की, सिस्ने चौरजहारी वस व्यवसायी समितिका कर्मचारी लगाएत सर्वसाधारणले रगतदान गरेका थिए । ए पोजेटीभ, वि पोजेटीभ, एबी पोजेटीभ, ओ पोजेटीभ र ओ नेगेटीभ समुहको रगत संकलन गरीएको रक्तदान कार्यक्रमका संयोजक शुसिल खडकाले जानकारी दिए । नेपाल रेडक्रस उपशाखा चौरजहारीको समन्वयमा संकलन गरीएको रगत चौरजहारी अस्पतालमा राखिएको छ । महाभूकम्पमा परी घाईते भएका विरामीहरु लाई रक्तदान कार्यक्रमले ठुलो सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।
यसैविच भूकम्प पीडितहरुका लागी रुकुम उद्योग वाणिज्य संघ शाखा कार्यालय चौरजहारीेले ५५ हजार १ सय रुपैया प्रधानमन्त्री दैविप्रकोप कोषमा जम्मा गरेको छ । भुकम्प पिडीतहरुका लागी राहात स्वरुप वाणिज्य संघका शाखा अध्यक्ष तेज वहादुर विष्टको नेतृत्वमा वजारवासी, व्यापार व्यवसायीहरु वाट संकलन गरीएको रकम उक्त कोषमा जम्मा गरीएको हो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |