आहा सञ्चार
रुकुम
रुकुमको एक सहकारी राप्ती अञ्चलमै उत्कृष्ट भएको छ । चौखावाङ गाविसमा क्रियाशील सिर्जनशील महिला आयआर्जन वचत तथा ऋण सहकारी संस्था राप्ती अञ्चलमै उत्कृष्ट भएको हो । एक कार्यक्रमका बिच डिभिजन सहकारी कार्यालय राप्तीले सो संस्थालाई सम्मान गरेको हो । दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले संस्थाकी व्यवस्थापक जोखीमाया कठायतलाई कदरपत्रले सम्मान गरे ।
दुर्गम गाउँमा स्थापना भएर सहकारीको मर्मअनुसार महिलाहरुलाई आयआर्जनमा लगाउन र वचत गर्ने बानीको विकास गर्न सक्षम देखिएकाले सो संस्थालाई उत्कृष्टमा छनौट गरिएको डिभिजन सहकारी कार्यालय दाङका प्रमुख विनोदकुमार पौडेलले जानकारी दिए । २०६७ साल माघ ५ गते स्थापना भएको यो संस्थामा हाल चौखावाङ गाविसका २ सय २८ जना महिला शेयर सदस्य रहेका छन् भने ११ लाख बराबरको ऋण लगानी गरिएको छ ।
सहकारीबाट ऋण लिएर गाविसका ६१ जना महिलाले आलु खेती, १ सय ८ जना महिलाले बेसार खेती, ३५ जना महिलाले सिमीको वीउ उत्पादन गरिरहेका छन् भने १५ जना महिलाले सिलाइकटाइ तालिम लिएका छन् । दाङमा भएको कार्यक्रममा सल्यानको शारदा सहकारी, रोल्पाको सगरमाथा सहकारी, प्युठानको फूलबारी सहकारी तथा दाङका उद्यमशील बहुउद्देश्यीय, महाप्रभु र चेतना जागरण सहकारीलाई पनि सम्मान गरिएको थियो ।

0 comments:
Post a Comment