गोपाल रेग्मी
रुकुम
रुकुम कोटजहारी गाविसकी एक महिला एचआईभी बिरुद्धको औषधी खान गर्न बाट बञ्चित भएकी छिन । गाविसको वडा नं ३ खत्रीगाउँ निवासी ३२ वर्षिय संक्रमित तुलसा खत्री आर्थिक अभावका कारण औषधि खानबाट बञ्चित भएकी हुन ।

२ वर्ष पहिले एचआईभी.संक्रमित भएकी खत्रीले यातायात खर्च नहुँदा नियमित औषधि खान नपाएको वताईन । उनका अनुसार अत्यन्तै कमजोर आर्थिक अबस्था भएका कारण खान वस्न र यातायात खर्च समेत नहुँदा २ हप्ता देखि औषधि खान छुटेको बताईन । एक पटकमा दुई महिनाको लागी काठमाडौं वाट आफुले ल्याएको औषधि सकिएकाले थप शारिरीक तथा मानसिक समस्या आउन थालेको उनको भनाई छ ।
“गाविसको कार्यालयमा औषधि उपचारको लागी यातायात खर्च सहयोग गरी पाउँ भनेर दिएको निवेदनको आधारमा गाविसले सिफारिस पत्र मात्र दियो र उक्त पत्र विभिन्न कार्यालयमा देखाएको भएता पनि कोही कसैवाट पनि सहयोग मिलेन” उनले भनिन् । रोजगारीको सिलसिलामा भारत पुगेका श्रीमान वाट उनी पनि एचआईभी संक्रमित बनेको बताईएको छ । २ छोरी र १ छोराको जन्म दिएका उनका श्रीमानको १ वर्ष अघि एचआईभी संक्रमनका कारण नै मृत्यु भएको थियो ।

4:08:00 AM
www.aahasanchar.com

0 comments:
Post a Comment