आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, April 1, 2015

ट्रक चालकलाई कारागार चलान

आहा सञ्चार संबाददाता
रुकुम

ट्रक ब्याक गरि बालक किचेको अभियोगमा एक चालक कारागार चलान गरिएका छन । गत फागुन २१ गते होलीको दिन रुकुम सदरमुकाम मुसिकोट खलंगा बजारको बस काउन्टर नजिक उक्त दुर्घटना भएको थियो । 

होली खेलि रहेका बर्ष १३ का नबराज घर्तीलाई ठक्कर दिइ घाईते बनाई पुनः ट्रक ब्याक् गरी किचि मारेको अभियोगमा  ल १ त ५३२२ नं. का ट्रक चालक मनिराम महतारालाई रुकुम जिल्ला अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले मुद्धा पुर्पक्षका लागी थुनामा राख्न कारागार शाखा रुकुममा पठाउने आदेश् गरेको अदालतका श्रेस्तेदार लोक बहादुर हमालले जानकारी दिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |