आहा सञ्चार
रुकुम
राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको जिल्ला शाखा रुकुमको नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार मुसिकोट खलंगामा सम्पन्न प्रथम साधारणसभाले कुमारी बाँठामगर (मनु) को सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रतिष्ठानको उपसभापतिमा प्रमिला कठायत, बसन्त पुनमगर र केशन कुमार क्षेत्रीयाल, सचिव माया बोहोरा, सहसचिव मेगराज खड्का र कोषाध्यक्षमा रञ्जना विक रहेका छन् । त्यस्तै सदस्यमा सायधन वुढा, गणसिंह खड्का, प्रेमलाल पुन, निर्मला शर्मा, बमबहादुर घर्ति र प्रमिला वुढामगर रहेको बताईएको छ । नवनिर्वाचित कार्यसमितिलाई औपचारिक कार्यक्रमको आयोजना गरी आईतबार प्रमाण पत्र वितरण समेत गरिएको छ । मानव अधिकार सम्वन्धी एक दिने आधारभुत प्रशिक्षण कार्यक्रम सहितको उक्त प्रमाणपत्र बितरण गर्ने कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राणाको प्रमुख आतिथ्यता र राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य विनोदकुमार श्रेष्ठको विषेश आतिथ्यता रहेको थियो ।

0 comments:
Post a Comment