आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, March 26, 2015

चौरजहारीमा दाँत सम्वन्धि विशेषज्ञ सेवा सुरु

गोपाल रेग्मी
रुकुमको चौरजहारी अस्पतालमा आज (शुक्रबार) देखि दाँत सम्वन्धि विशेषज्ञ सेवा सुरु भएको छ । मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको आयोजनामा दाँत सम्वन्धि समस्या भएका विरामीहरुलाई ध्यानमा राखेर विशेषज्ञ सेवा सुरु गरीएको हो । 
 
दाँत रोग विशेषज्ञ डाक्टर रविन्द्र लामाको संलग्नतामा सेवा संचालनमा ल्याईएको अस्पतालका प्रशासक डिल वहादुर गिरीले जानकारी दिए । विशेषज्ञ सेवामा दन्त परिक्षण, नयाँ दाँत वनाउने र मिलाउने, दाँतको एक्सरे, किराले खाएको दाँत निकाल्ने, किराले खाएर कोट्टो परेको दाँतमा आवाश्यकता अनुसार चाँदी र सिमेन्ट भर्ने सेवा संचालन भैरहेको छ । त्यसैगरी दाँतको जरा देखि उपचार आरसीटि सेवा बांगो टिंगो, दाँत मिलाउने,  दाँत सफा गर्ने र टल्काउने, गिजा सुनिएको, गिजा वाट रगत वग्ने समस्याको उपचार का साथै मुखको घाउँ अल्सर र मुख गन्हाउने समस्याको उपचार सेवा समेत संचालनमा रहेको बताईएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |