आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, March 12, 2015

छोरी बलात्कार गर्ने बाबु, कैद र हाम्रो जिम्मेवारी

कृष्ण आचार्य
कसैको मन्जुरी बिना करकाप, डर, धम्की वा बल प्रयोग गरेर गरिने यौन सम्पर्क नै बलात्कार हो । अर्थात उमेर नपुगेका ब्यक्तिलाई ललाईफकाई वा मन्जुरी लिएर गरिने यौनक्रिडालाई पनि बलात्कार मानिन्छ । प्रहरी तथ्यांक अनुसार नेपालमा दैनिक दुई जना महिला बलात्कारको सिकार हुने गरेका छन् । तर सबै घटना बाहिर नआउने हुनाले यो संख्या दोब्बर पनि हुनसक्ने प्रहरी आफै बताउछ । दिनहु बलात्कारका घटना हामी संचार माध्यममा आइरहेको देख्दछौँ । 

हामीले सुनिरहेकै विषय हो बलात्कार भयो, आज यो पकडियो, आरोपीले सजाए पायो, फरार भयो या त यस्तै यस्तै । तर बलात्कार कै यस्तो घटनामा अझ दुनियाकै जघन्य अपराधको घटना पछिल्लो समय सुन्नु परिरहेको छ । त्यो हो आफ्नै छोरी बाबुबाट बलात्कृत हुनुपर्ने घटना । जसले जन्म दियो, जसले हुर्काउन पर्ने, असल शिक्षा दिनुपर्ने, सहि बाटो देखाउनु पर्ने हो त्यसले नै कुदृष्टि लगाएपछि दुनिया कतिसम्मको निष्ठुरी रहेछ त ? प्रश्नको जवाफ आफै खोजौँ है त । यस्ता बाबुलाई के भन्ने जङ्गली, पापी, निष्ठुरी, क्रुर या अधर्मी ? जे होस्, यस्तो निच सोच राख्ने बाबु पक्कै पनि असल भने होइन । जसलाई जन्म दियो उसैसँग योन प्यास मेट्न खोज्नु कहाँसम्मको जङ्गलीपना हो । जनावरलाई समेत आफ्नो सन्तानको मायाँ हुन्छ भने अझ मानिस त विवेकशील प्राणी हो तर खोई त मानिसको विवेक कतै मानिस अव फेरी जङ्गली युगको पूरानै इतिहास दोहर्याउने तर्फ त लागिरहेको छैन ? केही घटनाकै कुरा गरौँ जुन घटना प्रहरी समक्ष आएका छन् र अपराधीलाई सजाए पनि भएका छन् त्यस्ता बाबुलाई जसले आफ्नै छोरीको अस्तित्व लुट्ने काम गरे । काभ्रेमा हालै भएको एक घटनामा बाबु प्रकाशबहादुर कार्कीले आफ्नै छोरीलाई पटक पटक बलात्कार गरे उनले १८ वर्ष कैद सजाए पाए । बिर्तामोडमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय सदस्य रमेश पोख्रेलले आफ्नै छोरीलाई बलात्कार गरे । उनलाई २० वर्ष कैद दिइयो । विराटनगरमा अरुलाई भने मार्ने धम्की दिदै जबरजस्ती आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गर्ने भरत ऋषीदेव प्रहरीको फन्दामा परे । अर्घाखाचिमा जितबहादुर खामचाले श्रीमती माइत गएकाबेला छोरीमाथि कुदृष्टि लगाए । उनले एक्ली छोरीलाई छाडेनन् । कुरा बाहिर आयो अनि उनी परे १६ वर्ष ६ महिना कैदमा ।  

भोजपुरमा अर्को त्यस्तै घटना बाहिर आयो । टंकबहादुरले आफ्नी ८ वर्षीय छोरीलाई जबरजस्ती करणी गरे । उनलाई २० वर्ष कैद भयो । प्यूठानमा गोविन्दबहादुर सोमैले १८ वर्षीया छोरीलाई दुष्कर्म गरे । उनी पनि प्रहरीको खोरमा परे । प्राविधिक तथा गोपनियताका कारणले नाम नखुलेका तर कानुनको दायरामा आई कारवाही भोग्ने यस्ता ब्यक्ति थुप्रै छन् । जसलाई रगतको नाता नै थाहाँ छैन, यहाँ त थाहा भै भै पनि यौन प्यास मेट्न जे पनि गर्न सक्छ ऊ । कैलालीमा १५ वर्षीय छोरी, बाँकेमा १२ वर्षे छोरी कुबेत पठाउने बहानामा भारत लगेर, भक्तपूरमा आफ्नै श्रीमतीले उजुरी दिएपछि आठ वर्ष कैद, बझाङमा राजेन्द्र खातीले ११ वर्षीया छोरीलाई, सुनसरीमा ७ वर्षीया बालकलाई आमा माइत गएका बेला, हेटौडामा जीवन लामाले १२ वर्षीया छोरीलाई, बाँकेमा ३ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुबारे प्रहरीमा उजुरी तथा मिडियामा समाचारहरु आइसकेका छन् । 

यी त केबल उदाहरण मात्र हुन् र बाहिर आएका घटनाहरु, यसरी आफ्नै बाबुबाट बलात्कारको शिकार हुने छोरीहरु कति छन् कति । जुन सत्य डर, धम्की, त्रास, सामाजिक मर्यादा आदिका कारण बाहिर आउन सकेका छैनन् । कुनै पनि सभ्य बाबुले आफ्नै छोरीप्रति यस्तो अमानवीय व्यवहार पक्कै पनि गर्दैन । यसरी महाअपराध गर्नेहरुलाई कानुनी कारबाही त हुन्छ नै तर के ५, १०, २० वर्ष गरिने कैद मात्र प्रयाप्त छ त ? हाम्रो देशमा मृत्यु दण्डको सजाए त छैन तर पनि यस्तो कुकर्म गर्ने बावुलाई हदैसम्मको कारवाही गर्नुपर्छ भन्नेमा दोमत छैन । यसका लागि बलियो कानुन बनाएरै त्यस्ता जङ्गलीहरुलाई सबक सिकाउनै पर्ने हुन्छ । कानुनी रुपमै यस्तो व्यबस्था गर्नुपर्दछ कि कोही बाबुुले आफ्नो छोरीमाथि यस्तो अपराध गर्ने त के सोच्न पनि नसोचोस् । अपराधको सिकार भएकाहरुले पनि अपराधलाई लुकाई अपराधिलाई झनै हौसला प्रदान गर्ने काम गर्नु उचित होईन । यदि अपराध भएको छ भने अपराधीलाई कानुनी कठघरामा उभ्याउने काम उसले गर्नुपर्छ । पुरुषले जे गरेपनि हुन्छ भन्ने मानसिकताबाट ग्रसित हाम्रो समाजमा यस्ता घटनाहरु पत्याउन कठिन भएता पनि सबुद र प्रमाणका आधारमा यस्ता घटनाहरु पुष्टि हुदै गएका छन् । यस्ता घटनाले गर्दा अब हाम्रा छोरी चेलीको पहरेदार को त भन्ने प्रश्न उठेको त छ नै यसका लागि हाम्रो भूमिका के त भन्ने प्रश्न पनि हामी सामु छ । यस्ता अपराधीक गतिबिधीले हाम्रो नेपाली समाजलाई समेत दुर्गन्धीत पारेको छ । त्यसैले पनि यस्ता खाले निज कार्य गर्नेहरुका बिरुद्घ हामी सचेत हुनेबेला आइसकेको छ । घटना भएपछि भन्दापनि घटना हुनै नदिन हामी सबैले आफ्नो आफ्नो स्थानबाट के गर्न सक्छौँ त्यसतर्फ ध्यान दिने कि ?

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |