आहा सञ्चार
रुकुम
पुस २६ गते देखि माघ ३ गते सम्म जिल्ला सदरमुकाम मुसिकोट खलंगामा आयोजना गरिएको १०८ राष्ट्र शान्ति ज्ञान महायज्ञ तथा मुसिकोट धार्मिक महोत्वसको आयव्यय सार्वजनिक गरिएको छ । त्रिभुवन जनता उच्च माध्यामिक बिद्यालय तथा रुकुमेली क्याम्पसको सहयोगार्थ आयोजित महोत्सबको खलंगामा एक कार्यक्रमको आयोजना गरी आय व्यय प्रस्तुत गरिएको हो ।

साताब्यापी संचालित महोत्सवमा जम्ममा १ करोड ८ लाख ६६ हजार ४ सय ८६ रुपैँया आम्दानी भएको छ । महोत्सब आयोजक मुल समितिका महासचिब मिनबहादुर पुन द्धारा सार्बजनिक गरिएको आयव्यय बिवरण अनुसार ५४ लाख ३१ हजार ९८ रुपैँया खर्च भएको छ भने सोहि अनुपात जस्तै ५४ लाख ३५ हजार ३ सय ८८ रुपैयाँ बचत रहेको छ ।
जसमा केहि बिक्रि नभएका ईट्टा, कलस तथा भुमिदानको रकम यसमा समेटिएको छैन । सार्बजनिक कार्यक्रममा सहभागीहरुले बिवरण बारे आफ्नो धारणा र टिप्पनी राखेका थिए ।
जसमा केहि बिक्रि नभएका ईट्टा, कलस तथा भुमिदानको रकम यसमा समेटिएको छैन । सार्बजनिक कार्यक्रममा सहभागीहरुले बिवरण बारे आफ्नो धारणा र टिप्पनी राखेका थिए ।
पहिलो पटक आयोजना गरिएको महोत्सब भएका कारण सोचेजस्तो काम र आम्दानी गर्न नसकिएको बताउदै मुल आयोजक समिति महासचिब पुनले सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका थिए । ‘यो बचत रकम बिद्यालय तथा क्याम्पसको स्तरबृद्धिको लागि खर्च हुन्छ’ महासचिब पुनले भने । उक्त अवसरमा महोत्सव सफल पार्न सहयोग गर्नेजिल्ला स्थित पत्रकार, सञ्चार माध्यम तथा महोत्सव मुल समारोह समितिका सदस्यहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।
0 comments:
Post a Comment