मेगराज खड्का
रुकुम
जिल्ला विकास समिति रुकुमको गणतन्त्र स्थापना पछिको आठौं जिल्ला परिषद्बाट आर्थिक बर्ष २०७२/७३ का लागि २ अर्ब ९ करोड ७५ लाख १७ हजार बराबरको बजेट बिनियोजन भएको छ । स्थानिय विकास अधिकारी भरतकुमार शर्माले प्रस्तुत गरेको निति तथा कार्यक्रममा चालु खर्च ७७ करोड ७७ लाख ७५ हजार र पुजिगत खर्च तर्फ १ अर्ब ३१ करोड ९७ लाख ४२ हजार बजेट रहेको छ ।
गत आर्थिक बर्षको भन्दा यस आर्थिक बर्षको बजेट करिब १५ करोड कम हो । पुर्ब शान्ति तथा पुनःनिर्माण मन्त्री तथा सभाषद जनार्दन शर्माले परिषदको उद्घाटन गरे । यस बर्षको जिल्ला परिषद्ले कृषि र पर्यटनलाई बढी प्राथामिकता दिएईएको छ ।
त्यसैगरी शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईलाई, बिद्युत, खाद्य सुरक्षा, बन वाताबरण लगायतका क्षेत्रलाई पनि प्राथमिकता दिएको छ । जसमा दुई जिल्ला जोड्ने सडक, जिल्ला सदरमुकामबाट गाबिस भवन सम्म पुग्ने सडक सगै अन्य सडक संजालको बिस्तार गर्दै सबै गाबिसमा सडक पु¥याउने लक्ष राखिएको छ । त्यसैगरी निर्बाहमुखि कृषि प्रणालीलाई एकिकृत र व्यवसायिक कृषि प्रणाली तर्फ उन्मुख गर्दै खाद्यान्न समस्या हुन नदिने, ग्रामिण पर्यटनको विकास गर्दै रुकुम हुदै डोल्पा जाने टे्रकिङ रुट, ढोरपाटन रुट, गुरिल्ला ट्रेक र भेरी नदिमा ¥याफ्टीङ संचालनलाई प्रर्बधन गर्न जोड दिन रुकुम भ्रमण बर्ष मनाउने घोषणा गरिएको छ ।

0 comments:
Post a Comment