आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, February 24, 2015

हाकिम देखि सर्बसाधरणको आँखा ठेकेदार तिर

मेगराज खड्का
रुकुम

मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुम खण्डको काम प्रभाबकारी नभएको भन्दै रुकुम जिल्लास्थित कार्यालय प्रमुख तथा सर्बसाधरणहरुले गुणासो ब्यक्त गरेका छन । ठेकेदार तथा सम्बन्धीत कार्यालयले समेत समय समयमा अनुगमन तथा चासो नदिँदा काम प्रभाबकारी बन्न नसकेको उनीहरुको भनाई रहेको छ ।
    लोकमार्ग अन्तरगत रुकुम खण्डको काम प्रभाबकारीता तथा सरोकारवालाहरु निकायहरुको धारणा सहित साता अघि अनुगमनका लागि रुकुम आएको        राष्ट्रिय योजना आयोग टोलीसंग कार्यालय प्रमुख तथा उपभोक्ताहरुले खुलेरै गुनासो गरे । यस बिषयमा आफ्नो धारणा राख्दै रुकुमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीले सडक डिभिजन तथा ठेकेदारहरु जिल्ला प्रशासन कार्यालय संग समन्वयकारी भुमिका नखेलेका कारण समय समयमा समस्या आउने गरेको बताए । ‘यस लोकमार्गको बारेमा गुनासो तथा जानकारी लिन धेरै सर्बसाधरणहरु प्रशासनमा आएका हुन्छन’ प्रजिअ भण्डारीले भने, ‘कतिखेर कहाँ खनिदैछ, ठेक्का कस्को हो हामीलाई नै थाहा हुदैन कसरी हामीले अरुलाई जानकारी दिने ।’ त्यस्तै कार्यक्रममा सहभागी रुकुमका स्थानीय विकास अधिकारी भरत कुमार शर्माले लोकमार्गका भैरहेका काम पारदर्शी बन्न नसकेको धारणा राखे । ‘लोकमार्ग निर्माण क्षेत्रमा यस सडक खण्डका लागि बजेट कति छ, ठेकेदार को हो, र कहिले सम्म सक्ने हो त्यस्तो खुलाएको कुनै होडिङ बोर्डहरु नै छैन’ स्थानीय विकास अधिकारी शर्माले भने, ‘तत्काल खण्डखण्डमा सबै खुलाएको होडिङ बोर्ड राख्ने र बेला बेला ठेकेदार परिबर्तन गर्ने काम रोक्नुपर्छ ।’ सडक खण्डमा बेला बेला ठेकेदार परिबर्तन हुने हुदा सडकको गुणस्तर कमजोर हुने बताउदै स्थानीय विकास अधिकारी शर्माले जिल्लामा सञ्चालन हुने विकास निर्माणका कामहरु जिल्ला विकास समितिसंग समन्वय नगरेर गर्दा आफहुरुलाई समेत अफ्ठेरो परेको बताए । नेपाल तरण दल रुकुमका अध्यक्ष नन्द बिष्टले रुकुम खण्डको काम ठेकेदारले लाप्रबाही गरेको र नियमक निकाय चुप लागेर बसेको आरोप लगाए । उनले सडक खण्डले नै नहुँने दाङमा सडक सब डिभिजन कार्यालय राख्नु भन्दा त्यो कार्यालय रुकुममै स्थापना गरे लोकमार्ग सम्बन्धी जानकारी तथा गुनासो राख्ने उपभोक्ताका लागि सहज हुने बताए ।
     कार्यक्रमा बोल्दै पिपलनेटाका स्थानीय उपभोक्ता टिकाराम खत्रीले    ठेकेदारले कोहि माथीबाट हेर्न आउन लागेको बेला मात्र सडक खन्ने गरेको बताउदै अरु समय ढिला सुस्ती गरिरहेको बताए । ‘जहाँ जहाँ माटो छ त्यहाँ त्यहाँ मात्र डोजर लगिन्छ, ढुङगा भएको ठाउँ छोएको पनि छैन, खत्रीले भने, ‘स्थानीयको कति जग्गा कति सडकले काट्छ, घरजग्गा सडकले फालेमा कति राहात पाईन्छ लगायतका धेरै कुराहरु केहि पनि थाह नदिएर हामीहरु अन्योलतामा     परेका छौं ।’
    रुकुमकोट देखि जाजरकोट सडक खण्डको अनुगमन तथा मुल्याङकनका लागि आएका राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक श्याम प्रसाद भण्डारीले सबै सरोकारवाला निकायहरुको गुनासो आफ्नो प्रतिबेदनमा समेटी आगामी दिनहरुमा यस्तो कमीकमजोरी हुन नदिन सुझाब दिने बताए । ‘हामीहरु फिल्डमै गएर तथा सरोकारवाला निकायहरुको धारणा बुझेर स्वतन्त्र अनुगमन तथा मुल्याङकन गर्न यहाँ आएका छौं’ निर्देशक भण्डारीले भने, ‘हामी अनुगमन पश्चात देखिएको कमीकमजोरी तत्काल सुधार गर्न सम्बन्धीत निकायमा सुझाब दिन्छौ ।’

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |