आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, February 5, 2015

‘मन्दिर निर्माण भयो, तर पुजारी छैनन्’

मेगराज खड्का
रुकुम

जिल्लाको स्यालापाखा ७ स्थित जनचेतना प्राथामिक बिद्यालय चिसापानीमा निर्माण गरिएका नबनिर्मित भवनहरुको उद्घाटन गरिएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरि भवनहरुको उद्घाटन गरिएको हो । सेभ द चिल्ड्रन, एस्सोसियशन अफ प्राईभेट स्कुल प्रिन्सीपल कोरियाको  आर्थिक सहयोगमा र वाल सरोकार केन्द्र मार्फत जिल्ला शिक्षा कार्यालय रुकुमको समन्वय तथा समुदायको सक्रिय सहभागितामा जनाचेतना प्राथमिक विद्यालय को छ कोठे भवन निर्माण गरिएको थियो । भवन उद्घाटन सगै बिद्यालय जिल्ला शिक्षा कार्यालयलाई हस्तान्तरण समेत गरिएको छ ।
बाल सरोकार केन्द्र रुकुमका अध्यक्ष पबिनकुमार खड्काले जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाललाई हस्तान्तरण पत्र बुझाए । स्थानीय बासिन्दा र बिद्यार्थीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा बोल्ने र प्रतिक्रिया दिने अधिकांस स्थानीयहरुले चिसापानी बिद्यालयले नयाँ जन्म पाएको भन्दै सहयोग गर्ने कोरियन टोलीलाई धन्यबाद समेत दिएका थिए । कार्यक्रममा बोल्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र खत्रीले नयाँ बिद्यालय भवन निर्माण गरेर कोरियाली समुह र सहकार्य गरेर सेभ द चिल्ड्रेन तथा बाल सरोकार केन्द्र रुकुमले ठुलो सहयोग गरेको उल्लेख गर्दै अब नेपाल सरकारले बिद्यालयको अझ स्तरीकरणका लागि सहयोग गर्न अनुरोध गरे । ‘बिद्यालयमा भौतिक संरचना त निकै राम्रो बने तर यहाँ एउटा पनि सरकारी दरबन्दी छैन, जति छन ति सबै निजि स्रोतबाट हो’ अध्यक्ष खत्रीले भने, ‘मन्दिर त राम्रो नै बन्यो तर मन्दिरमा पुजारी नै छैनन् ।’ बिद्यालयको समस्या भने पश्चात कार्यक्रम उद्घाटनमा पुगेका जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाले यस बिद्यालयलाई नयाँ दरबन्दी ब्यबस्था गर्न आफ्नो पहिलो प्राथमिकता  रहने बताए ।
‘जसरी यस बिद्यालयको भौतिक संरचना एउटा नमुना बिद्यालयको जस्तो छ तर एउटा पनि सरकारी शिक्षक दरबन्दी नहुँदा पक्कै पनि समस्या भएको हुनुपर्छ, जिल्ला शिक्षा कार्यालय यस बिषयमा सक्दो पहल गर्छ’ उनले भने । त्यस्तै कार्यक्रम उद्घाटनमै पुगेका स्थानीय विकास   अधिकारी भरत कुमार शर्माले बिद्यालयमा बाल पुस्तकालय स्थापनाका लागि जिल्ला विकास समितिको तर्फबाट ३५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । सामान्य र एकदमै नाजुक अबस्थामा संञ्चालन भैरहेको बिद्यालयले नयाँ भवन तथा अन्य भौतिक संरचनाहरु प्राप्त गरेपछि बिद्यार्थीहरु खुसि भएका छन ।
    ६४ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माण भएको उक्त भौतिक संरचना निर्माण भएपछि वालमैत्री विद्यालयको न्यूनतम मापदण्ड सबै पुरा गर्न सफल भएको सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत प्रमोद न्यौपानले जानकारी दिए । नयाँ भौतिक संरचना निर्माण बाट बिद्यार्थीहरुको लागि खानेपानी, शौचालय, खेलमैदान र बालमैत्री अनुसार बिद्यार्थीहरुको बसाई समेत ब्यबस्थापन भएको छ तर नयाँ सरकारी शिक्षक दरबन्दीको पर्खाईमा छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |