आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, February 4, 2015

कृतिम अभाबका बिरुद्ध कमरेड बिद्यार्थी

आहा सञ्चार
रुकुम

बजारमा देखिएको खाना पकाउँने ग्यासको अभाव अन्त्य गर्न माग राख्दै अखिल क्रान्तिकारी रुकुमले सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । व्यवसायीहरुले ग्यासको कृतिम अभाव सृजना गर्दा समेत कारवाहि गर्नुको साटो सरकार व्यवसायीहरुको संरक्षणमा  जुटिरहेको भन्दै आफुहरुको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । अखिल क्रान्तिकारी रुकुमका अध्यक्ष शुसिल गौतमको नेतृत्वमा बुझाईएको ज्ञापन पत्रमा ग्यासको कृतिम अभावको अन्त्य गरी विद्यार्थी संगठनहरु संग भएको सहमति अनुसार दोहोरो मुल्य कायम गरेर तत्काल सर्वसुलभ र सहज रुपमा ग्यासको आपुर्ति गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा बजारको अनुगमण गरी ग्यासको कृतिम अभाव सृजना गर्ने व्यवसायीहरुलाई  कारवाहि गर्न पनि माग गरिएको छ । त्यस्तै यातायातको भाडा समायोजन गरी विद्यार्थीहरुलाई सौलियत दिने व्यवस्था कार्यन्वयन गर्न ज्ञापन पत्र मार्फत सरकारको ध्यानाकर्षण गराईएको छ । जिल्ला अध्यक्ष शुसिल गौतम नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी हरि प्रसाद  भण्डारीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाएपछि अखिल क्रान्तिकारीमा आवद्ध विद्यार्थीहरुले नारावाजी सहित खलंगा बजार परिक्रमा गरेका थिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |