मेगराज खड्का
रुकुम
एकिकृत नेकपा माओवादी बरिष्ठ नेता डा.बाबुराम भट्टराईले आफु क्रान्तिको सल्लाह गर्न २० बर्षपछि रुकुमेली जनतासामु आएको बताएका छन । २०५१ सालमा महान जनयुद्धका लागि जनता जगाउन खुला कार्यक्रममा रुकुममा आएको स्मरण गर्दै उनले देश पुनः काग्रेस एमालेको मनपरि तन्त्रतिर गएका कारण नयाँ क्रान्तिको सल्लाह गर्न रुकुम आएको बताएका हुन ।
आफ्नो पार्टी अहिले एउटा हात शान्ति बार्ता र अर्को हात हतियार समाउने कसरतमा लागिरहेको बताका उनले काग्रेस एमाले लगायतका केहि संसदवादी दलहरुले संबिधानसभा अपहरण गरेका कारण संबिधान बन्न नसकीरहेको बताउदै जस्तालाई जस्तै गर्ने रणनीति अनुरुप यसरी अगाडी बढिरहेको धारणा राखे । संघियता सहितको संबिधान जारी गर्न दबाब दिन भन्दै केन्द्रीय आन्दोलनको कार्यक्रम अनुसार रुकुम सदरमुकाम मुसिकोट खलंगामा आईतबार आयोजित जनसभालाई सम्बोधन गर्दै डा. भट्टराईले संसदीय जोडघटाउ र सत्ताको आडमा उहि फेरी २०४७ सालको संबिधानको गाथा फेरेर ल्याउन खाजिए देशमा अर्को सशक्त आन्दोलनको शुरुवात हुने बताए ।

‘काग्रेस एमालेका साथीहरुले ढोका बन्द गरेर बार्तामा आउ भन्छन, ढोका पनि बन्द गर्ने आउ पनि भन्ने बदमासी हो की हैन’ पुर्ब प्रधानमन्त्री समेत रहेका नेता भट्टराईलेले भने, ‘हामी पनि अब जहिलै चुप लाग्दैनौं, ईमान्दारीताका साथ बोलाए बार्ताको हात अघि सार्छौ भने फेरी धोका दिए हतियार समाएको हात अघि सार्छौ ।’
0 comments:
Post a Comment