आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, February 11, 2015

म्याद सकिने कुरा हल्ला मात्र ः सभापति शर्मा

मेगराज खड्का
रुकुम

सभासद तथा संविधान सभा व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्मा प्रभाकरले स्थानीय शान्ति समितिहरुको जिम्मेवारी र दायित्व अँझै बढेर गएको बताएका छन । पूर्व शान्ति तथा पुनर्निमाण मन्त्री समेत रहेका एनेकपा माओबादीका नेता शर्माले शान्ति स्थापनाका कामहरु अँझै वाँकी रहेकाले शान्ति समितिहरुको महत्व पनि बढेर गएको बताएका हुन । सत्य निरुपन तथा बेपत्ता छानबिन आयोगको कामको सहजताका लागी पनि जिल्ला स्तरमा शान्ति समिति महत्वपूर्ण रहेको समेत उनको भनाई रहेको थियो ।

स्थानीय शान्ति समिति रुकुमले जिल्लाबाट प्रतिनिधित्व गर्ने तीन जना सभासदहरुसँग गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा पूर्व शान्ति तथा पूर्ननिर्माण मन्त्री प्रभाकरले द्वन्द्वरत पक्षलाई मिलाएर शान्ति निर्माणमा महत्वपूर्ण काम गर्दै आएको स्थानीय शान्ति समितिको दायरालाई अँझै बढाउनुपर्ने आवश्यकता औल्याए । द्वन्द्वको आधार ईलाका मानिएको जिल्ला रुकुमको शान्ति समितिले शान्ति स्थापना भएदेखि हाल सम्म राम्रो काम गर्दै आएको बताउदै आगामी दिनहरुमा अझै जिम्मेवार भई द्धन्द्धपिडितहरुको घाउमा मलम लगाउन आग्रह गरे । स्थानीय शान्ति समितिको दायरा बढाउन, समिति प्रति सरकारको गम्भिर ध्यानाकर्षण गराउन आफूहरुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । शान्ति समितिको अवधि सकिनै लागेको हल्ला निराधार भएको भन्दै लेखा समिति सभापति शर्माले यो राजनीतिक सहमति विना केही नहुने बताए । ‘यो राजनीतिक संयन्त्र हो त्यसैले शान्ति समितिलाई के गर्ने भन्ने विषयमा पनि राजनितिक सल्लाह अवश्य हुनेछ’ उनले भने ।

कार्यक्रममा सभासद गणेशमान पुनले गाउँ स्तरीय शान्ति समितिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । अधिकांस पीडितहरु गाउँमा रहेकाले सरकार तथा जिल्ला स्तरीय समितिका निर्णयलाई चाँडो पु¥याउन पनि गाउँ स्तरीय शान्ति समितिलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाई रहेको थियो । त्यसैगरी सभासद मिठ्ठु मल्लले द्वन्द्वमा धेरै मार खेपेको रुकुमका पीडितले ढिलो या चाँडो राहत दिनुपर्ने भन्दै त्यसका लागि आफूले सरकारलाई आग्रह गर्ने बताईन । स्थानीय शान्ति समिति रुकुमको समग्र अवस्था तथा चुनौतिबारे जानकारी दिने उद्देश्यले सभासदहरुसँग अन्तरक्रिया गरिएको समितिका संयोजक खड्कबहादुर डाँगीले जानकारी दिए । कार्यक्रममा समितिका सचिव राजु लामिछानेले रुकुम जिल्लाका पीडितले पाएको राहतको बारेमा जानकारी गराएका थिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |