आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, January 8, 2015

सिडिओले भने, ‘केहि भैपरी आउदैन’

मेगराज खड्का
रुकुम

रुकुमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद भण्डारीले जिल्लाको शान्ति सुरक्षा अबस्थामा एकदमै मजबुद भएको दाबी गरेका छन । आहा सञ्चार संगको  बिषेश कुराकानीमा प्रमुख जिल्ला    अधिकारी भण्डारीले स्थानीय प्रहरी प्रशासन शान्ति सुरक्षा कायम गर्न हरवखत लागि परेको उल्लेख गर्दै रुकुमेली जनताहरुले कुनै असुरक्षाको आसंका महशुस नगर्न समेत अनुरोध गरे । 
    माघ ८ नजिकिदै गर्दा हुन सक्ने संभाबित घटनाहरुको बिषयमा स्थानीय प्रशासन कतिको चनाखो छ भन्ने प्रश्नमा प्रजिअ भण्डारीले त्यसलाई चुनौतिको रुपमा लिदै समाधानका लागि त्यो भन्दा धेरै पहलहरु आफुहरुले गरिहेको प्रतिक्रिया दिए । उनका अनुसार हालसम्मको समिक्षा र आगामी दिनहरुमा बिभिन्न समुहबाट जिल्लामा हुनसक्ने संभाबित घटनाहरुलाई मध्यनजर गरि सुरक्षा योजना तयार भैसकेको छ । ‘माघ ८ आसपासमा तथा अन्य बेला पनि हुनसक्ने घटना प्रति हामी संबेदनशिल छौं’ प्रजिअ भण्डारीले भने, ‘त्यसका लागि सुरक्षा योजना बनाउन सोमबारनै जिल्ला सुरक्षा समितिको बैठक बसिसकेको छ ।’ जिल्ला सुरक्षा समितिको बैठकले तयार    पारेको सुरक्षा योजना कडाईका साथ लागु गर्ने, जिल्ला स्थित नेपाली सेना, प्रहरी, राष्ट्रिय अनुसन्धान लगायतका निकायहरुको आआफ्नो भुमिका समेत स्पष्ट पारिसकेको उनको भनाई छ । नयाँ  संबिधान निर्माणको क्रममा बाहिर हल्ला आएजस्तो असुरक्षा महशुस जनताले गर्नु नपर्ने आधार प्रस्तुत गर्दै प्रजिअ भण्डारीले कानुन बिपरित कुनै पनि दल, समुह या ब्यक्तिलाई जो गएपनि त्यसलाई तत्काल कडाभन्दा कडा कारबार्ही गर्न प्रशासन सक्षम र तयारी अबस्था रहेको जानकारी दिए । त्यस्तै राष्ट्रिय अनुसन्धान कार्यालय रुकुमका प्रमुख नरेश बहादुर शाहले जिल्लाको राजनैतिक तथा अन्य गैरकानुनी घटनाहरुको बिषयमा    गहिरो ढंगले अनुसन्धान भैरहेको र हालसम्म कुनैं अप्रिय सुचना प्राप्त नभएको बताए । जिल्ला स्थित कार्यालय र कार्यालय प्रमुखहरुको कार्यशैलीबारे आहा सञ्चारले राखेको अर्को प्रश्नमा प्रजिअ अधिकारीले कहिकतै सानातिना कमीकमजोरी भएको स्वीकार्दै त्यसलाई सच्चाउन बेलाबेला निर्देशन दिईरहेको प्रतिक्रिया दिए ।
    ‘जनतालाई अतिआबश्यक र महत्वपुर्ण सेवा दिने कुनै कार्यालय प्रमुख तथा तिनका कर्मचारीहरुले ढिलासुस्ती र बहाना बनाउछन भने हामीलाई तत्काल खबर गर्नुहोस हामी कारबार्ही गर्न तयार छौं’ प्रजिअ भण्डारीले भने । पोषाक नलगाएर कार्यालय आउने, सेवामा ढिलासुस्ती गर्ने, गैरकानुनी शुल्क लिने  र जानकारी नै      नगराई बिभिन्न तालिम गोष्ठीको बाहानामा जिल्ला बाहिर जाने कार्यालय प्रमुख या अन्य कुनै कर्मचारी छन भने आम रुकुमेली सचेत नागरिकले निगरानी गर्न र जिल्ला प्रशासन कार्यालयलाई खबर गर्न समेत प्रजिअ  भण्डारीले अनुरोध गरे ।  

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |