आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, January 7, 2015

कान्छी भित्र्याउदा दुईटै चिसोमा

मेगराज खड्का
रुकुम

जिल्ला प्रहरी कार्यालय रुकुममा पौष महिनामा दुइ ओटा बहुविवाहका उजुरीहरु दर्ता भएका छन । यसअघि प्राय ः बहुविबाहका घटनाहरुलाई गाउँ स्तरमा पैसामा मिलाउने प्रचलनका भईरहेको भएपनि यसपटक जिल्ला प्रहरी कार्यालयमा बहुविवाहका उजुरी परेपछि प्रहरीले आरोपितलाई समेत पक्राउ गरेको छ ।

जिल्लाको रुघा ४ का २९ बर्षिया शेर बहादुर बोहरा र सोहीकी २१ बर्षिया यसुधा शाहीलाई बहुविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुमले पौष २० गते  पक्राउ गरि कार्वाही प्रक्रिया अगाडी बढाएको जनाएको छ । शेर बहादुरकी जेठी श्रीमति २५ बर्षिया गौमति बोहराले  पौष १९ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा दर्ता गराएपछि प्रहरीले गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक होम बहादुर थापाले जानकारी दिए । यस्तै बहुविवाहको आरोपमा पुर्तिमकाडा ७ का २६ बर्षिया जंग बहादुर कामी र सोहीका २३ बर्षिया केशरी विकलाई पनि पौष ४ गते गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
२१ बर्षिया पिडित मिरा कामीले पौष ४ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेको उजुरीको आधारमा गिरफतार गरेको प्रहरीले जनाएको छ । उनीहरुले मंसिर ८ गते बहुविवाह गरेको आरोप छ । नेपालको प्रचलित कानुनमा यस्तो कार्य गरेमा १ बर्ष देखि ३ बर्ष सम्म कैद र पाँच हजार देखि पच्चिस हजार वा दुवै सजाय हुने ब्यवस्था रहेको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |