आहा सञ्चार
रुकुम
नेकपा एमाले जिल्ला कमिटी रुकुमको नवौँ बैठक पार्टी कार्यालय मदन आश्रित स्मृति भवन बागबजारमा बसिरहेको छ । जिल्ला कमिटी अध्यक्ष विमल पुनको अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटीले सम्पादन गरेका कामहरुको रिर्पोटिङ्ग र समिक्षा गरेको छ । त्यस्तै बैठकमा अन्तरपार्टी निर्देशिका अध्ययन तथा अतिथिहरुको मन्तव्यको काम भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य खेममान खड्का, विशेष अतिथि वैकल्पिक केन्द्रीय सदस्य शेरबहादुर केसी, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य देवी ओली, रुकुम जिल्ला पूर्व अध्यक्ष ठगेन्द्रप्रकाश पुरीले मन्तव्य राखेको बताईएको छ । बैठकको सञ्चालन नेकपा एमाले जिल्ला कमिटी रुकुमका सचिव हरिप्रसाद शर्माले गरेको नेकपा एमाले रुकुमका प्रचार विभाग उपप्रमुख कर्णबहादुर ओलीले जानकारी दिए ।
0 comments:
Post a Comment