आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, January 28, 2015

नाम मात्र होईन ‘भाग्नमा पनि मोडेल’

मेगराज खड्का
रुकुम

जिल्ला सदरमुकाम मुसिकोट नजिकैको सल्लेमा केहि समयअघि देखि सञ्चालनमा रहेको खलंगा मोडेल हस्पिटल बन्द भएको छ । जिल्ला बाहिर र भित्रैका केहि शेयरधनीहरु मार्फत सञ्चालनमा ल्याइएको उक्त अस्पताल करिब दुई महिनादेखि सञ्चालनमा छैन । अस्पताल सञ्चालन हुँदा भ्रमपुर्ण प्रचारप्रसारका कारण केहि चर्चामा आएको अस्पताल पछि क्रमस एकएक खस्कदै गएको थियो । यसअघि नै आहा सञ्चार साप्ताहिकमा समेत रुकुमका अधिकांस अस्पताल तथा औषधी पसलहरु गैरकानुनी ढंगबाट चलिरहेको समाचार प्रकाशित भएपछि त्यससगै गैरकानुनी ढंगबाट सञ्चालित अन्य जिल्लाका औषधी पसल तथा अस्पतालहरु चिल्लीबिल्लीमा परेका थिए ।
त्यसका साथै जिल्ला प्रशासन कार्यालय रुकुमले समेत अनुगमन गर्दा अधिकांस औषधी पसल तथा अस्पतालहरु गैरकानुनी ढंगबाट चलेको भन्दै तत्काल प्रकृयामा ल्याउन अनुरोध गरेपनि झनै समस्यामा परेका थिए । अस्पताल सञ्चालक माधब शर्माले बिबिध समस्याका बिच अस्पताल बन्द गर्नुपरेको आहा सञ्चारलाई फोन मार्फत प्रतिक्रिया दिए । उनका अनुसार रुकुमको सञ्चालनमा रहेको अस्पताल बन्द गरेर हाल रोल्पामा नयाँ ब्यबस्थापनका साथ नयाँ अस्पताल सञ्चालनको तयारी रहेको जानकारी दिए । त्यस्तै अर्का सञ्चालक रामचन्द्र पौडेलले पनि केहि ब्यक्तिहरुको असहयोगका कारण रुकुममा अस्पताल सञ्चालनमा राखिराख्न नसककिएको बताए ।
उहिले उक्त अस्पताल रहेको ठाउँमा पुनः रापती समाज नामक अर्को अस्पताल सञ्चालन गरिएको छ । तर पुरानो अस्पतालले घरभाडा समेत नदिएका कारण उक्त अस्पतालले सञ्चालनमा ल्याएका केहि सरसमानहरु समेत त्यहि राखिनुका साथै ब्यबस्थापन समेत त्यसकै संरचनामा गरिएको बताईएको छ । तर धर धनी तथा नयाँ अस्पतालका सञ्चालक समेत रहेका बिष्णु बुढाथोकीले आफुहरुले छुट्टै नयाँ किसिमबाट अस्पताल स्थापना गरेको जानकारी दिए । मोडेल अस्पतालका सञ्चालकहरु अस्पताल सञ्चालन बन्द गरेर जिल्ला बाहिर गएपछि अस्पताल संग कारोबार रहेका केहि ब्यक्ति तथा निकायहरु समेत समस्यामा परेका छन ।
केहिले अस्पतालका सरसमान समेत लिएर असुल गरेको बताईएको छ । तर उनीहरुले बिभिन्न बहानामा जिल्लाको स्वास्थ्य क्षेत्रमा खेलवाड सेवाको नाममा रकम असुलेर भागेको सरोकारवालाहरुको आरोप रहेको छ । त्यससगै जिल्लामा सञ्चालित अन्य औषधी पसल तथा अस्पतालहरु पनिलाई अझ ब्यबस्थित र प्रभाबकारी बनाउन नियन्त्रक निकायहरुले चासो दिनुपर्ने सरोकारवालाहरुको जोड छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |