आहा सञ्चार
रुकुम
रुकुम जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएपनि खोलागाउँ गाविसको व्यापारिक केन्द्र चन्द्र वजारमा भने शौचालय निर्माण नै नभएको भेटिएको छ । जिल्लामा भएका सम्पुर्ण घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आएको भन्दै रुकुमलाई गएको पुष ७ गते खुला दिसामुक्त घोषणा गरिएको थियो । तर खोलागाउँको चन्द्र वजारमा रहेका कुल २२ घरधुरी मध्ये ६ ओटा घरमा मात्र शौचालय निर्माण तथा प्रयोग भएको भेटिएको हो ।
त्यस्तै केहि बर्ष पहिलो बजारमा निर्माण गरिएको एउटा सार्वजनिक शौचालय पनि अहिले प्रयोगबिहिन अबस्थामा रहेको बताईएको छ । गाविसमा रहेका सवै घरपरिवारले शौचालय वनाई प्रयोग गरेको तथ्याङ्क संकलन भएपछि खोलागाउँ गाविसलाई २०७१ साल वैशाख २५ गते खुला दिसामुक्त गाविस घोषणा गरिएको थियो । गाविसलाई खुलादिसा मुक्त घोषणा गरिएपनि चन्द्र बजारका अधिकांश घरधुरिले शौचालयनै निर्माण गरेका छैनन् । वजारका सम्पुर्ण घरमा शौचालय नभएपछि स्थानियले खुला रुपमा शौच गर्ने गरेको र जसले गर्दा बजारमा प्रदुषण समेत फैलिरहेको बजार व्यवस्थापन समितिका अध्यक्ष हस्त वहादुर वुढाथोकीले बताए ।
त्यस्तै शौचालय निर्माण गरेका घर धनीले भाडामा कोठा लिएर वसेकाहरुलाई शौचालय प्रयोग गर्न समेत नदिने गरेका कारण भाडामा वस्नेहरुले पनि खुला रुपमा दिसापिसाप गर्ने गरेको उनको भनाई रहेको छ । ‘शौचालय नवनाएका घरपरिवारहरुलाई अव तत्काल शौचालय निर्माण गर्न अनुरोध गरिएको छ’ अध्यक्ष बुढाथोकीले भने । उनका अनुसार अबको पुर्ण सरसफाई अभियान सगै शौचालय नभएका घरमा शौचालय बनाउन अनुरोध गर्ने कार्य पनि जारी रहने छ । खुला दिसामुक्त गाविस घोषणा गरिएपछि सम्बन्धीत निकायले गाउँगाउँमा अनुगमण नगर्दा अन्य ठाउँहरुमा पनि प्रभाबकारी ढंगबाट प्रयोग नसकिरहेको बताईएको छ ।

0 comments:
Post a Comment