आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, January 22, 2015

बैद्यका हस्तले भने, ‘रुकुममा एमाओवादी संगै छु’

मेगराज खड्का
रुकुम

बैद्य नेतृत्वको नेकपा माओबादी रुकुमका इन्चार्ज हस्त बहादुर केसीले आबद्धताका हिसाबले हाल नेकपा माआवादीमा रहेको भएपनि रुकुमको सन्दर्भमा आफु एमाओवादी संगै रहेको बताएका छन । आहा सञ्चार संग बिषेश कुराकानी गर्दै ईन्चार्ज केसीले रुकुम क्रान्तिकारी आन्दोलनको जग रहेका कारण माओवादी माओवादी बिचमा झगडा भन्दा पनि संगसगै सहकार्य गरेर अघि बढ्ने आफ्नो भित्री मन रहेको बताएका हुन ।  जिल्लामा पछिल्लो समय एमाओबादी नेतृत्वको मोर्चाले गर्ने आन्दोलनमा प्रायः नछुटाएर सहभागी हुने ईन्चार्ज केसी बन्द, सिटि तथा मसाल जुलुस जस्ता आन्दोलनमा समेत अग्रस्थानमा रहने गरेका छन ।
 
 ‘पार्टीका हिसाबले कोहि कतै कोला कोहि हौला तर जो जता भएपनि म क्रान्तिकारी आन्दोलनका पक्षमा जहाँ भएपनि लड्न पछि पर्दिन्न’ उनले भने, ‘माओवादी पार्टीमा गुट तथा फुट भएपनि रुकुमको सन्दर्भमा क्रान्तिकारी आन्दोलन सफल बनाउन एमाआवादी संग पनि सहकार्य गरेरनै अगाडि बढ्छु ।’ भर्खर आफुहरुबाट फुटेको बिप्लब नेतृत्वको नेकपा माओबादी पनि हाल शुन्यबादमा आधारित भएपनि यदि भबिश्यमा साँच्चै जनजिबिकाको मुद्धा उठाएपछि आफु त्यसका पक्षमा पनि सहकार्य गर्न तयार रहेको धारणा राखे । देश काग्रेस एमालेको बिचार बिहिन         राजनितिका कारण संकटमा परेको बताउदै त्यसका लागि ३ माओवादी सहित अन्य सम्पुर्ण क्रान्तिकारी शक्तिहरु एकिकृत हुनुको बिकल्प नभएको बताए । जिल्लादेखि केन्द्रीय नेपाली कम्युनिष्ट आन्दोलनमा ४१ बर्षदेखि क्रियासिल भएको बताउने केसीले रुकुमको क्रान्तिकारी आन्दोलन सुर्धान अझै केहि गर्नुपर्ने आबश्यकता रहेको औल्याए ।
 
 बिप्लब फुटेपनि रुकुमको सन्दर्भमा अधिकांश नेता कार्यकर्ता आफ्नो पार्टीमा नै गोलबन्द भएको दाबी गरेका केसीले गाउँगाउँमा संगठन बिस्तार र जिल्ला स्तरमा  क्रान्तिकारी शक्ति बिच आन्दोलनको सहकार्य दुबै भैरहेको बताए । आफ्नो पार्टीलाई स्थानीय प्रहरी प्रशासन देखि अन्य   क्रान्तिकारी शक्तिका बिरुद्ध लाग्ने जो कसैले पनि कमजोर नठान्न अनुरोध गर्दै आफुहरुलाई जिस्काए त्यसको परिणाम घातक हुने चेतावनी दिए । आफु र आफ्नो पार्टी अरु कुनै पार्टीको बिरुद्ध नभई नेपाली    क्रान्तिकारी आन्दोलन सफलताका लागि रहेको उल्लेख गर्दै सबै सचेत नागरिकले साथ दिन समेत आग्रह गरे ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |