मेगराज खड्का
रुकुम
सन् २०१४ मा घरेलु हिंसाका कारण पीडित भएको भन्दै ६९ जना महिलाहरूले जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्र रुकुममा उजुरी दर्ता गराएका छन । इन्सेक रुकुमले आईतबार सदरमुकाम खलंगामा मानव अधिकार वर्ष पुस्तक २०१४ वार्षिक पूर्व समिक्षा कार्यक्रम यस्तो कुरा सार्बजनिक गरेको हो ।
जिल्ला प्रतिनिधी आदर्श केसीले प्रस्तुत गरेको प्रतिबेदनमा जसमध्ये कुटपिट गरी घरनिकाला गरिएका ४३ जना, खानलाउन नदिएको ७ जना, विवाह दर्ता तथा नागरिकता नबनाइदिएको २ र अर्को श्रीमती ल्याएर हेला गरेकोमा १७ उजुरी परेका छन । मार्ने धम्की दिइएकोमा र बोक्सीको आरोप लगाएको घटनामा भने यसपटक कुनै उजुरी नपरेको बताईएको छ ।
ती घटनामध्ये प्रहरीले ४७ घटनामा मिलापत्र गराएको र २२ उजुरीमा कानुनी प्रक्रिया अगाडि बढिरहेको केन्द्रले इन्सेकलाई जानकारी दिएको प्रतिबेदनमा उल्लेख छ । जिल्ला स्थित सबै सरोकारवालाहरु बिच सार्बजनिक उक्त प्रतिबेदनमा अन्य हत्या, बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहार लगायतका अन्य ७ वटा घटना समेत घटेको उल्लेख गरिएको छ । जसमा हत्या २ र बाँकी बलात्कार र बालबिबाह संग सम्बन्धीत घटनाहरु छन ।

0 comments:
Post a Comment