आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, January 18, 2015

के हो फिजियोथेरापी (भौतिक चिकित्सा)

सन्तोश बस्नेत
 फिजीयो + थेरापी दुई अलग शब्द मिलेर फिजियोथरापी बनेको हुन्छ जसको अर्थ फिजियो अर्थात शरिर र थेरापी अर्थात उपचार मानिन्छ । सामान्य अर्थमा शारिरीक उपचारलाई फिजियोथेरापी भनिन्छ । फिजीयोथेरापी (भौतीक चिकित्सा) एक प्रमुख स्वास्थ्य सेवा हो । जसले शारिरीक क्षति, कमी कमजोरी र अपाङ्गतालाई कम गर्छ, साथै व्यक्तिको दैनिक क्रियाकलाप सहज गर्दै गुणस्तरीय स्वस्थ्य जीवनयापन गर्न प्रोत्साहन गर्दछ । 

 ४६० BC मा हिप्पोक्रेट्स र ग्यालिनसले manual therapy, hydrotherapy को सुरुवात गरेका थिए । समयको परिवर्तन सँगै भौतिक चिकित्साको रुपमा विर्कसित भयो । फिजीयोथेरापी विगत 5-6 वर्ष देखी हामी माझ अत्याधिक प्रभाभकारी र लोकप्रिय उपचार पद्घति बनेको छ । फिजियोथेरापीमा विभिन्न प्रकारका व्यायाम र विधुतिय उपकरणको प्रयोग गरेर धेरै प्रकारका विरामीहरुलाई पूर्ण उपचार गरिन्छ । शारिरीक तथा मानसिक रुपले अशक्त व्यक्तिलाई सामान्य जीवन तर्फ फर्काउन भौतिक चिकित्साको महत्वपूर्ण योगदान रहन्छ । फिजियोथेरापीका उपचार पद्घति उपचारात्मक व्यायाम (Therapeutic exercise) : विभिन्न प्रकारका व्यायाम द्वारा उपचार गरिन्छ । जस्तै Active व्यायाम, Passive व्यायाम, Resistance व्यायाम, Stetching व्यायाम, Mobilization and manipulation. उपचारात्मक मालिस (Therapeutic massage) : विभिन्न प्रकारका मालीस द्वारा उपचार गरिन्छ । Kneeding, rolling, effurage. विधुतीय उपचार (Electro therapy) : विभिन्न प्रकारका विधुतीय तरंगहरु, विकिरणहरु चुम्बक, ध्वनी, प्रकाश आदिबाट उपचार गरिन्छ । TENS, IFT, UST, IR, UR etc. अन्य उपचार (Other therapy) : विभिन्न प्रकारका ताप र चिसोबाट उपचार Paraffin wax, Hydroculator, Diathermy, Ice pack. फिजियोथेरापीले के के गर्दछ ? Restore physical function शारिरीक क्रियाकलाप पुर्नस्थापना गर्दछ । 

Improve Mobilityशारीरिक हिँडडुल सुधार गर्दछ । Relieve pain दुखाइलाई कम गर्दछ । Prevent deformity अङ्गविकृतीलाई कम गर्दछ । Limit permanent disabilities अपाङ्गतालाई कम गर्दछ । कस्ता रोगहरुमा फिजियोथेरापी उपयोग हुन्छ ? हाड जोर्नीको समस्या अपरेसन पछि आउने जोर्नीको अकडन खेलबाट हुने चोटपटक बाथ रोग अङ्ग छेदन हड्डी खिइने, पलाउने, कमजोर हुने आदि । स्नायु सम्बन्धी समस्या Cerebral Palsy Paralysis : शारिरीक अङ्ग कमजोर हुनु । Poor balance :शारिरीक सन्तुलन कम हुनु । Spinal cord injury : मेरुदण्डमा लागेको चोट । Parkinson's disease Stroke : पक्षघात नशा च्यापिएको, खुम्चीएको (Stenosis, PIVD) मुख बाँगिने (Bell's Palsy) श्वास प्रश्वास रोग श्वास प्रश्वासमा देखा पर्ने समस्या खकार निस्कासन गर्न । हृदयघातबाट सुधार भएको लागि । 

बाल रोग Spinal Bifida Cerebral palsy Torticollis :गर्धन बाँगिने । वृद्घावस्थाको समस्या बाथरोग हड्डी खिइने, कमजोर, पलाउनु । शारिरीक सन्तुलन सम्बन्धी समस्या । Alzheimer's disease मांसपेशी, स्नायुहरु खुम्चिनु । दुखाई सबै प्रकारका हड्डी, मांसपेशी, स्नायुको दुखाइहरुलाई कम गरिन्छ/

लेखक बस्नेत शिबरथ ८ बागेलाखुरि सल्यान घर भई हाल(एमडि एम।भि।सेट्टि फिजियोथेरापी कलेज मेंगलुरु,करनाटका,भारतमा फिजियोथेरापी तेर्सो बर्स अध्धयनरत छन ।  

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |