आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, January 28, 2015

सवा लाख त जुटेरै छोड्यो

आहा सञ्चार
रुकुम

जिल्लाको एक विद्यालयमा पुस्तकालय स्थापना गर्न पूर्वविद्यार्थीहरुले थालेको अभियानअन्तर्गत आइतवार दोस्रो चरणको सहयोग हस्तान्तरण गरिएको छ । जिल्लाको झुल्खेतस्थित बालकल्याण उच्च माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्न सोही विद्यालयका पूर्वविद्यार्थीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग संकलन अभियान सञ्चालन गरेका थिए ।
गत भदौ जिल्ला विकास समिति रुकुममा एक कार्यक्रम गरी पहिलो चरणको सहयोग हस्तान्तरण गरेको पूर्वविद्यार्थी मञ्चले आइतवार दाङमा कार्यक्रम आयोजना गरी दोस्रो चरणको सहयोग हस्तान्तरण गरेको छ ।
पहिलो चरणमा २५ हजार रुपैयाँ हस्तान्तरण गरेको मञ्चले दोस्रो चरणमा ३४ हजार १ सय १६ रुपैयाँ हस्तान्तरण गरेको छ । पहिलो र दोस्रो चरणमा आर्थिक संकलन गरिएको अभियानमा अब तेस्रो चरणमा पुस्तक संकलन गरिने पूर्वविद्यार्थी मञ्चले जनाएको छ । सो अभियानमा अहिलेसम्म एक लाख ९ हजार १ सय १६ रुपैयाँ सहयोग संकलन भएको पूर्वविद्यार्थी मञ्च झुल्खेतका संयोजक एवं पत्रकार नरेन्द्र केसीले जानकारी दिए । उनका अनुसार अनुसार अभियान मार्फत सहयोग घोषणा गरेका जिल्ला विकास समिति रुकुम र जिल्ला शिक्षा कार्यालयबाट ५० रुपैयाँ निकासा हुन बाँकी छ ।
 सो अभियानमार्फत अमेरिकामा बस्ने इन्टरनेशनल ब्लड डोनर्स एशोसियनका अध्यक्ष अर्जुनप्रसाद मैनाली, जिल्ला विकास समिति रुकुम र जिल्ला शिक्षा कार्यालय रुकुमले २५÷२५ हजार, पूर्वविद्यार्थीहरु अनिल बुढाले १० हजार, शशीराम बाँठाले ६ हजार, काशीराम ओलीले ५ हजार १ सय १५, नरेन्द्र केसीले ५ हजार, गणेशकुमार गौतमले ५ हजार तथा दाङका साहित्यकार महेन्द्र महकले १ हजार ५ सय र दोलखाका भरत उप्रेतिले एक हजार पाँच सय सहयोग गरेका छन् ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |