.jpg)
रुकुम
आगलागीमा परेर रुकुममा एकै घरका २ वालिकाको ज्यान गएको छ । जिल्लाको विजयश्वरी गाविस वडा नं ५ रुकुमेगाउँ निवासी नर वहादुर विकको घरमा आगोलागी हुदा बुधबार दुई वालिकाको घटना स्थलमा नै मृत्यु भएको छ ।
मृत्य हुनेमा १ वर्षिय वालिका रुपकला विक र ५ वर्षिय शुभकली विक रहेका छन । खरले छाएको एक तले घरमा खाना पकाउदै गरेरको अवस्थामा आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । खरको छाप्रोले वनाएको घर हुदा स्थानियवासी तथा प्रहरी घटना स्थलमा नपुग्दै उनीहरुको ज्यान गएको वताईएको छ । घरमा आगलागी पछि अन्य खाद्यान्न लत्ताकपडा तथा वन्दोवस्तीमा मालसामन समेत जलेर नष्ट भएको प्रहरीले वताएको छ । बालिकाको जलेर मृत्यु तथा घर समेत जलेर नष्ट भएपछि अन्य परिवार सदस्यहरु बिचल्लीमा परेको छन ।
0 comments:
Post a Comment