![]() |
गिट्टी कुट्दै गरेकी सिता |
लोकेन्द्र खानाल
रुकुम
बिहान मिर्मिरे उज्यालो हुन वित्तिकै जिल्ला सदरमुकाम खलंगाका विभिन्न ठाउँमा गिट्टी कुटे्र आफ्नो जिवन चलाउने महिलाहरुको दैनिकी शुरु भैहाल्छ । जिल्लाका विभिन्न ठाउँमा रहेका महिलाहरु आफ्नो दैनिक जीवन सञ्चालनको लागी गिट्टी कुट्न बाध्य भएका छन् । त्यसै मध्येकी एक हुन छिवाङ २ की सिता हिताङगी ।
उम्मेरले ५३ वर्ष पुरा भैसकेकी उनी छोराछोरीले उचित स्याहारसुसार नगरेपछि अहिले खलंगामा गिट्टी कुटेर आफ्नो जीवन गुजारिरहेकी छिन । तीन छोरा र एक छोरीकी आमा बनेकी हिताङगी अहिले आफ्नो श्रीमानको साथमा खलंगामा कोठा भाँडामा लिएर गिट्टी कुट्ने काम गर्नुपर्ने बाध्यता छ । ‘घरमा छोराछोरीले वास्ता गर्दैनन् आफ्नो जिउ पाल्नको लागी पनि सकिनसकि गिट्टी कुट्नुपर्छ’ उनले भनिन् ‘दिनभरी गिट्टी कुटेर साँझ विहान खानालाई मात्र ठिक्क हुन्छ ।’ कहिलेकाँहि विरामी पर्दा पनि उपचारको लागी पैसा नभएर कोठामै बस्नु पर्ने बाध्यता रहेको उनको दुखेको छ । एक हजार पाँच सय रुपैया कोठा भाँडा तिरेर सदरमुकाम खलंगामा बस्दै आएकी उनी दिनभरी गिट्टी कुटेर चार÷पाँच सय रुपैयाँ मात्र आम्दानी गर्ने गरेको बताउछिन । हिताङगी जस्तै खलंगामै खलंगा ८ रातामाटाकी ४५ बर्षीया मनकुमारी विक पनि दिनभरी गिट्टी कुटेर आफ्नो जीवन धकेलीरहेकी छिन । सात वर्ष अघि आफ्ना श्रीमानको मृत्यु भएपछि दुई छोरा र एक छोरीलाई पठनपाठन गराउँन र समाजमा हुने सबै सामाजिक काममा सहभागिता जनाउन आफुले गिट्टी कुट्नुपर्ने बाध्यता रहेको उनले बताईन । ‘छोराछोरीलाई पढाउँनै प¥यो, साँझ विहान खानै प¥यो अनी त्यसका लागि गिट्टी कुट्नु बाहेक हामीसंग के नै बाटो छर’ बिकले भनीन् ।
छोराछोरी पाल्नको लागी दुई वर्ष देखि गिट्टी कुट्ने गरेको उनको भनाई रहेको छ । हिताङगी र विक त एक उदाहारण मात्र हुन तर अहिले यहाँका धेरै जसो महिलाहरु छोराछोरी या घरपरिवारले बेवास्था गर्दा यस्तै पिडाका साथ गिट्टी कुटेर आफ्नो दैनिकी गुजारीरहेका छन ।

0 comments:
Post a Comment