आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, December 2, 2014

कमिशन देखि रेडियो सञ्चालन स्रोतको चर्चा

दलिततिर बगेको उत्तरगंगा कहाँ पुग्यो ?
मेगराज खड्का
रुकुम

मंसिर ८ गते बिषेश साधारण सभाको आयोजना गरि उत्तरगंगा सञ्चार केन्द्र रुकुमको सम्पुर्ण पदाधिकारी परिबर्तन   गरिएको छ । जिल्लामा सञ्चालनमा    रहेको रेडियो उत्तरगंगाको सञ्चालक संस्था समेत रहेको केन्द्र पुर्ब सहमतिका  आधारमा  साधारणसभा पश्चात सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु जिल्ला स्थित दलित अधिकारकर्मीहरुले लिएका छन ।
     यस अघिका केन्द्र अध्यक्ष र  रेडियोका स्टेशन म्यानेजर रहेका भिमसिजन ओली र उनका सहकर्मीहरु कुनै पनि यस समितिका छैनन् । रेडियो सञ्चालक संस्थाको बिषेश साधारणभा मार्फत नयाँ टिम बनेपछि यस अघिका अध्यक्ष रहेका ओलीको लगानी समेत फिर्ता गर्ने जिम्मा पनि नयाँ टिमले लिएको छ । त्यससगै अब रेडियो उक्तगंगा जिल्ला स्थित दलित अधिकारकर्मीद्धारा दलित जागरणकै पक्षमा घन्काईने छ । जसका लागि उपेन्द्रलाल कामीको अध्यक्षतामा ९ सदस्सीय समिति गठन समेत बिषेशसाधारण सभा बाटै      गरिएको छ । जसको प्रथम उपाध्यक्षमा पुर्ण बहादुर कसेरा, उपाध्यक्षमा लिल बहादुर बिक, महासचिबमा अमरावति बिक, सचिबमा गणेश बिक चिन्तण र कोषाध्यक्षमा खड्क बस्त्रकार रहेका छन । नयाँ समिति पनि जिल्ला स्थित प्रमुख  राजनैतिक दलसंग आबद्ध दलित संघसंगठनका ब्यक्तिहरुलाई समेटिएको छ । जस अन्तरगत उपेन्द्र र गणेश एमाओबादी तर्फबाट हुन भने पुर्ण र अमरावति काग्रेस बाट हुन । त्यस्तै लिल र खड्क एमालबाट हुन भने सदस्यहरु पनि  राजनैतिक समाबेशीको आधारमा राखिएको छ । समितिका अन्य पदाधिकारीहरु संस्थामा मात्र आबद्ध रहने भएपनि चिन्तणले भने    रेडियाकोे कार्यकारी निर्देशक र स्टेशन म्यानेजरको रुपमा समेत जीम्बेवारी लिएका छन ।
    उत्तरगंगा किनबेचमा बहस शुरु हुनु भन्दा पहिले नै दलितको एउटा रेडियो स्थापना गर्ने पहल पनि भैरहेको थियो । त्यस क्रममा पत्रकार नरेन्द्र केसी र गणेश चिन्तन लागीपरेका थिए । उनीहरु नयाँ    रेडियो स्थापना भन्दा पुरानै केहि रेडियोहरु मर्ज गर्ने र त्यहि मर्ज भएको रेडियो नै समाबशी सञ्चारको रुपमा सञ्चालनमा ल्याउने सुरसारमा थिए । तर अन्य   रेडियोहरुका ब्यबस्थापकहरुले  मर्जको     कुरा नसुनेपछि उत्तरगंगा तिर लागे ।  आन्तरिक समस्याका कारण रेडियोको लगानी झिक्ने सुरमा रहेका भिम र नयाँ रेडियो स्थापना गर्ने जमर्को कसेका बिच यसरी संयोग मिलेको हो ।
को हुन उपेन्द्र
रेडियो उत्तरगंगाको सञ्चालक संस्थाको नयाँ अध्यक्ष बनेका उपेन्द्र कुनै नयाँ नाम होईन । उनी लामो समयदेखि जिल्लाको राजनितिमा सक्रिय ब्यक्ति हुन । रुकुमकोट ८, खोपीचार घर भएका उपेन्द्र हाल सदरमुकाम खलंगामै बस्छन । नेकपा माओबादीले २०५२ सालमा शुरु गरेको जनयुद्धताका अर्ध भुमिगत        रहेका उनी त्यसको पाँच बर्ष पछि पुर्ण रुपमा भुमिगत राजनितिमा होमिएका थिए । त्यसका साथै जिल्लाको दलित आन्दोलनको हकमा पनि करिब २० बर्ष देखि आफु क्रियासिल रहेको उनी दाबी गर्छन ।   पत्रकारिताको सन्दर्भमा उनको कुनै निरन्तर र क्रियासिलता त छैन तर द्धन्द्धकालमा माओबादीले सञ्चालनमा ल्याएको रेडियो जनगणतन्त्रमा आमुल बिश्वकर्माको नामबाट संबाददाताको रुपमा काम गथ्र्ये । स्थानीय सञ्चार माध्यामहरुमा अन्तरबार्ता, लेख,     रचना प्रकाशन गर्ने उपेन्द्र केहि बर्ष अघि ब्यबसायिक पत्रकारितामा लगानी गर्ने सोचका साथ हाम्रो नयाँ यात्रा साप्ताहिकमा अध्यक्षको जिम्मा समेत लिएका थिए । केहि महिना प्रकाशन भएपनि पछि ब्यबस्थापन समस्याका कारण पत्रिका भने बन्द      गर्नुपरेको थियो । नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाको केन्द्रिय सदस्य समेत रहेका उपेन्द्र एमाओबादी रुकुमको हाल सदस्य समेत हुन । त्यसका साथै उनी आधा दर्जन बढी दलित संग सम्बधीत सरकारी तथा अन्य फोरममा आबद्ध भैसकेका छन ।
के हो ५ लाख कमिशनको चर्चा
बिषेश साधारसभा मार्फत नयाँ टिमले         रेडियो उत्तरगंगा हस्तान्तरण पहल थालेपछि रुकुमको सञ्चार जनतामा एउटा नयाँ माहोल पैदा भयो । किन बिषेश साधारण सभा भयो, पुरानो टिमले किन छोडे, कति लाखमा रेडियो किनियो र केहि      पदाधिकारीहरुले सस्तोमा कुरा मिलाएर समितिमा बढीमा किनिएको भनी कमिशन लिन खोजीयो भन्ने धेरै प्रश्नहरु उब्जीयो । साढे २२ लाखमा किनिएको समितिमा जानकारी गराईएपनि यस अघिका अध्यक्ष भिमले आफुले १७ लाखमा रेडियो बेचेको भनी एक ब्यक्ति संग कुरा गरेको अडियो समेत सार्बजनिक भयो । त्यस पश्चात समितिमानै भाँडभैलो मच्चीयो । भोलीपल्ट बिहान रेडियो नयाँ समितिलाई हस्तन्तरण गर्ने भन्ने कार्यक्रम भएको भएपनि ५ लाख कमिशनको चर्चाले सहमति भाँडीयो र       रेडियो हस्तान्तरण कार्यक्रम समेत स्थगित भयो ।
    समितिका केहि उच्च   पदाधिकारीहरुले भिम संग मिलेर कमिशन खाएको चर्चा उठाउने त्यहि नयाँ समितिका कोषाध्यक्ष बस्त्रकार नै थिए । अडियो सार्बजनिक भएपछि निकै आक्रोसित भएका बस्त्रकार त्यस बेला त्यो समितिमा बस्ने मनस्थितिमा समेत समेत थिएनन भने यदि त्यसो भएको भए दलितका नाममा अरुलाई गरिखान नदिने सुरमा समेत थिए । पछि अन्य पदाधिकारीहले बस्त्राकारलाई सम्झाई बुझाई गरेपछि उनी समितिमा बस्न सहमत त भएका छन तर  अझै पनि स्पष्ट छैनन् । आफुले कमिशन चर्चाको बिषयमा एउटा छानबिन समिति गठन गर्न दबाब दिएको र अरु पनि यसमा सहमत भएको उनले बताए । ‘अडियो रेकर्ड नै फेला परेपछि केहि होईन भन्न त सकिदैन, कहि कतैबाट गडबडी भएको हुनसक्छ, त्यो अब छानबिन समितिले जाँचबुझ गर्छ’ बस्त्रकारले भने । उता नयाँ अध्यक्ष बनेका उपेन्द्रसंग यस बिषयमा बुझ्दा उनले यदि त्यो अडियो     रेकर्ड भएको र भनेकै भएपनि कुनै सत्यता नभई भिमको केटाकेटी कुरा भएको प्रतिक्रिया दिए । भिमको घरायसी समस्याका कारण यस्तो कुरा भनिएको या फोन रेकर्डका क्रममा आधा मात्र फोन    रेकर्ड हुँदा यस्तो समस्या भएको हुनसक्ने उनले बताए । यस बिषयमा भिमलाई फोन मार्फत फटक पटक बुझ्न खोज्दा उनको फोन उठेन । रेडियो किनबेचमा भिमले ३७ लाख  र नयाँ टिमले १७ लाखबाट कुरा अगाडि बढाईएको थियो । पछि समानहरुको ह्रासकट्टी सहित र लामो कसरत पछि साठे २२ लाखमा कुरो मिल्यो तर डेड लाखको नयाँ समान थप्ने गरी । त्यसमा भिम सहमत नभएपछि २१ लाखमा अत्यमा कुरा मिल्यो तर समितिमा भने साढे २२ लाखकै भार छ । समितिमा बढी पेश भएको डेड लाख रुपैयाँ भिमलाई नदिएर नयाँ ब्यबस्थापनमा खर्च हुनेछ ।
रेडियो किन्ने पैसा कहाँबाट आयो दलितलाई
५ लाख कमिशनको चर्चा सगै राजनैतिक दलसंग आबद्ध दलित भातृसंगठनका ब्यक्तिहरुलाई एउटा लाखौंको रेडियो सञ्चालन गर्ने पैसा कहाँ बाट आयो त्यो पनि अर्को बहसको बिषय भनेको छ । यस बिषयमा अध्यक्ष उमेन्द्रसंग प्रतिक्रिया लिदा सबै उदारो र सहमतिका आधारमा रेडियो हस्तान्तरण भएको बताए । यस अघिका लागानीकर्तालाई कुनै नगद रुपैयाँ अहिले नदिएको बताउदै बिभिन्न प्रकृयाबाट रकम उपलब्ध भएपछि रकम सहमतिका आधारमा प्रदान गरिने उनको भनाई रहेको छ । ‘दलित अधिकारकर्मीहरुको सहमतिका आधारमा जिल्ला बिकास समिति, गाउँ बिकास समिति र अन्य संभाबित क्षेत्रमा   रहेका दलित लक्षित रकम त्यसमा हालिने छ ।’ उनले भने, ‘त्यसका साथै दलित समुदायहरुमा गएर एक घर एक सदस्यता अभियान संचालन गरि केहि रकम समेत संकलन गरेर पुरानो ब्यबस्थापकले गरेको लगानी फिर्ता दिन्छौ ।’
    सबैले राज्यद्धारा प्रदान गरिने लक्षित बर्गको रकम हेर्ने हो भने त महिला, जनजाति र अपांगले पनि   रेडियो खाले के हुन्छ ? भन्ने आहा सञ्चारको प्रश्नमा अध्यक्ष उपेन्द्रले जिल्लालाई जातिय छुवाछुत मुक्त जिल्ला बनाउने बेला सम्म मात्र दलितको रेडियो हुने बताउदै पछि दलितको मात्र नभई सबै लक्षित बर्गको रेडियो बनाएर त्यो समस्या समाधान गर्ने तर्क गरे ।     जसअनुसार उत्तरगंगा सञ्चार केन्द्रको नाम हटाएर समाबेशी जागरण सञ्चार केन्द्र नाम राखिएको छ । शुरुमा दलित शब्द जोड्ने सुरसार भएपछि पछि दलितको मात्र केन्द्रित गर्दा रेडियो असफल र आलोचित हुने अनुमान गर्दै समाबेशी सञ्चार नाम राखिएको बताईएको छ । केहि समयपछि रेडियो उत्तरगंगाको नाम समेत हटाई समाबेशी अर्थको नाम राखिने छ । त्यस्तै हाल दलित अधिकारकर्मीहरुको हातमा रेडियो गएपछि यस अघि काम गरिरहेका गैरदलित कर्मचारीहरु अब हाम्रो अबस्था के हुन्छ भन्ने सोचीरहेको बेला अध्यक्ष उपेन्द्रले पनि त्यस तर्फ नै अंकित गरे ।
    ‘फेरबदत त पक्कै पनि हुन्छ समाचार बिभाग र मार्केटिङमा नयाँ दलित जनशक्ति नै   राखिन्छ’ उनले भने, ‘अन्य केहि पदहरुमा भने उनीहरुको कार्यक्षमता र अनुभबका आधारमा स्थान दिईनेछ, दलितहरु संचालनक संस्थामा रहेपछि गैरदलितलाई ठाउँ नै नदिने भन्ने सोच छैन समाबेशी हुन्छ ।’ रेडियो सञ्चालनको नयाँ योजना, देखिएको समस्या र सुझाब सल्लाहको लागि मंगलबार केन्द्रले सर्बपक्षिय कार्यक्रमको समेत आयोजना  गरेको छ ।  रेडियो नयाँ समितिलेको मातहतमा गएपनि प्रशारणमा भने हालसम्म कुनै नयाँपन आएको छैन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |