मेगराज खड्का
रुकुम
बिद्यार्थीहरुमा कानुनी सचेतना विकास गर्न जिल्ला अदालत रुकुमले सदरमुकाम खलंगामा न्यायिक संबाद कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम स्थित त्रिभुवन जनता उच्च माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको कानुनी जिज्ञासा मेटाउन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बिद्याथीहरुले बालबिबाह, बाल अपराध, लागुऔषध प्रयोग लगायतका बिषयमा कानुनी जिज्ञासा राखेका थिए ।
बिद्यार्थीहरुको जिज्ञासा मेटाउदै जिल्ला अदालत रुकुमका जिल्ला न्यायाधीस हेमन्त रावलले समाजमा हुने बिभिन्न अपराध न्युनिकरणका लागि बिद्यार्थीहरुको भुमिका महत्वपुर्ण हुने बताए । उनका अनुसार बिद्यार्थीमार्फत समाजमा कानुनी सचेतना फैलाउन यस्ता कार्यक्रमको महत्व ठानेर कार्यक्रमको आयोजना गरिएको हो । ‘बिद्यार्थी देखि सबै नागरिकले कानुनलाई सम्मान गरौ, न्यायलाई बिश्वास गरौ, जिल्ला न्यायाधीस रावलले भने, ‘अरु जनताले बुझेमा एउटामा मात्र सिमिति हुन्छ तर बिद्यार्थीले कानुनका कुरा बुझेमा सबैमा सचेतना फैलिन्छ ।’
त्यस्तै बिद्यार्थीले स्थानीय प्रहरी प्रशासन संग सम्बन्धीत राखेको बिज्ञासामा प्रमुख जिल्ला अधिकारी हरी प्रसाद भण्डारीले जबाफ दिएका थिए । कानुन संग सम्बन्धीत जानकारीहरु सबैका लागि आबश्यक पर्ने भएका कारण यस्ता कार्यक्रम सदरमुकाममा मात्र नभएर गाउँगाउँमा पनि संचालन गर्नुपर्ने सहभागी बिद्यार्थीहरुको भनाई रहेको थियो । कार्यक्रममा कानुन संग सम्बन्धीत बिभिन्न ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । यसैबिच कार्यक्रममा जिल्ला न्यायाधीस रावलले बिद्यालयमा अध्यनरत एक बिपन्न बिद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेका छन । बिद्यार्थी हिमाल ओलीको कक्षा ९ मा लाग्ने सम्पुर्ण बिद्यालय खर्चमा आफुले सहयोग गर्ने घोषणा गर्दै उक्त कार्यक्रममा ६ हजार रुपैयाँ बिद्यालयमा प्राचार्य मिनबहादुर पुनलाई हस्तान्तरण गरे । पढाई राम्रो रहेका तर आर्थिक अभाबका कारण पठनपाठनमा समस्यामा परेका बिद्यार्थीहरुको सहयोग गर्ने आफ्नो ईच्छा अनुसार उक्त सहयोग प्रदान गरेको उनको भनाई रहेको थियो ।

0 comments:
Post a Comment