मेगराज खड्का
रुकुम
जिल्लामा पहिलोपटक मुसिकोट नगरपालिका घोषणा गरेपछि स्थानीय बासिन्दाहरुले खुसियाली तथा अबिर यात्रा गरेका छन । सरकारले नयाँ नगरपालिकामा घोषणामा मुसिकोट नगरपालिका पनि समेटेपछि सदरमुकाम खलंगामा खुसियाली सहित बजार परिक्रमा गरिएको हो । स्थानीयहरुले बाजागाजा र झाँकि सहित खुसियाली कार्यक्रममा सहभागी भएको थिए ।
जिल्लाको खलंगा र साँख गाबिसलाई गाभेर घोषणा गरिएको मुसिकोट नगरपालिकाको केन्द्र भने साबितको गाबिस कार्यालय हुने बताईएको छ । जिल्लाबाट मुसिकोट सहित रुकुमकोट र चौरजहारी नगरपालिका घोषणाका लागि सिफारिस गरेपछि मुसिकोट नगरपालिका मात्र यसपटक घोषणामा परेको हो । अन्य सिफारिस दुई नगरपालिका अनुसन्धान क्रममा राखेको र अर्को पटक घोषणा हुनसक्ने रुकुमका स्थानीय बिकास अधिकारी भरत कुमार शर्माले बताए । उनका अनुसार मुसिकोट नगरपालिकामा शुरुमा १३ वडा सिफासिस गरेको पछि ११ वडा मात्र निर्धारण गरिएको छ । नगरपालिका घोषणा भएको अवसरमा मुसिकोटमा निकालिएको खुसियाली यात्राका फोटोहरु तल हेर्नुहोस ।

![]() |
खुसियाली कार्यक्रममा नाँचेर रमाउदै रुकुममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद भण्डारी र स्थानीय बिकास अधिकारी भरतकुमार शर्मा लगायतका अन्य ब्यत्तित्वहरु |
![]() |
सदरमुकाम खलंगा बजारमा अबिर यात्राको एक दृष्य |
![]() |
जिल्लाको सहिदमैदानमा नाचेर खुसियाली मनाउदै सहभागीहरु |
![]() |
जिल्लाको साँखमा प्रचलित पापीनी नाँच प्रदशन गरिदै । |
![]() |
नगरपालिका घोषणा भएको जानकारी गराईदै गरेको साउन्डसिस्टम |
![]() |
टिका लगाएर एक आपसमा खुसियाली साटासाट गरिदै गरेको अबस्था |
![]() |
शुभ खुसियालीको लागि यात्रामा रहेको कलस |
![]() |
खुसियालीमा जिल्लाको प्रशिद्ध मयुर (गरुवा) नाँच प्रदशन गर्दै रातामाटाको दियो सास्कृतिक समुह |
![]() |
ब्यानरसहित खुसियाली यात्रामा रहेका स्थानीय बासिन्दाहरु । |
![]() |
स्थानीय झाँकीहरु देखाएर रमाईलो गर्दै |
![]() |
नगरपालिका घोषणा सम्बन्धी जानकारी दिदै स्थानीय बिकास अधिकारी भरत कुमार शर्मा |
0 comments:
Post a Comment