मेगराज खड्का
रुकुम
जिल्लाको बाँफिकोट फलामेगौडादेखि पोखरा सम्म जोड्ने स्थानीय सडक लामो समयदेखि एउटा ढुङगाका कारण सञ्चालनमा आउन सकेको छैन । २०५६ सालमा साना सवारीका साधनहरु पुगेर स्थानीयलाई सहजता दिएपछि बर्षात देखि बन्द भएको सडक अझै अबरुद्ध भनेको हो । पिपल गाबिसको लागिम भन्ने ठाउँमा बर्षातको सडक माथीबाट खसेको एउटा ढुङगो हटाउन नसक्दा यस्ता समस्या भएको हो । उक्त ढुङगो हटाउन स्थानीय जनता, गाबिस देखि जिबिस मत्र नभएर रुकुम स्थित नेपाली सेनाको पहलमा समेत हालसम्म उक्त ढुङगा हटाउन नसकिएको हो ।
सडक अबरुद्धका कारण स्थानीयलाई सदरमुकाम खलंगा आवातजावत सगै सामाग्री ढुवानीमा समेत समस्या हुदै आईरहेको छ । हाल पिपल र पोखराका स्थानीय ब्यापारीहरुले स्यालापाखाको सिस्नेरीबाटनै सामाग्री बोकेरै लिनुपर्ने बाध्यता रहेको बताईएको छ । दैनिक आवजजावत तथा सामाग्री ढुवानीमा समस्या भएपछि स्थानीयबासिन्दाहरु पनि सरोकारवाला निकायहरुलाई पटक पटक अनुरोध गरिरहेका छन । गाबिस, जिबिस देखि नेपाली सेनालाई समेत अनुरोध गर्न भ्याएका स्थानीयको समस्या समाधान गर्न उक्त निकायहरु सकारात्मक भएको भएपनि बिबिध समस्याका कारण काम भने हुन सकेको छैन । फलामेगौडा पिपल पोखरा गाडि सञ्चालन अगुवाई समिति गठन गरि स्थानीयले पनि पहल तिब्रताका साथ लिईरहेको सदस्य गोपीराम खड्काले जानकारी दिए । उनका अनुसार जिल्ला यस बिषयमा पटक पटक अनुरोध गर्दा स्थानिय बिकास अधिकारी भरत कमार शर्माले उक्त समस्या समाधान गर्न कहिकतैबाट मिलाएर केहि आर्थिक सहयोग गर्ने बिश्वास ब्यक्त गरेका छन ।
त्यस्तै अनुरोध पछि उक्त ठाउँमा नेपाली सेनाको देबिदल गण सल्लेको टोली समेत पुगेको बताईएको छ । मेजर रुद्र गुरुङको नेतृत्वमा पुगेको टोलीले सामान्य तरिकाले यो ढुङगा हटाउन नसकिने र बलाष्टिङ गरेर हटाउन केहि प्रकृया लाग्ने भएकाले आफुहरु पहल गर्ने बताएको अगुवाई समितिका सदस्य खड्काले जानकारी दिए । यसरी सबै क्षेत्रमा गरेको अनुरोध तथा उक्त क्षेत्रको पहिलो चरणको पहलबाट समेत ढुङगा समयमै नहटेपछि स्थानीयको समस्या जस्ताको जस्तै रहेको छ ।

9:32:00 PM
www.aahasanchar.com

0 comments:
Post a Comment