आहा सञ्चार
रुकुम
आफुहरुलाई द्धन्द्धको समयमा बलात्कार भयो भनी बाहिर ल्याउदा घरपरिवार र समाजले नस्वकार्ने समस्याका कारण महिलाहरु बलात्कारको पिडा लुकाएर बस्नुपरिरहेको एक कार्यक्रममा रुकुमका महिला अधिकारकर्मीहरुले धारणा राखेका छन । द्धन्द्धको समयमा जिल्लामा सयौंको संख्यामा बलात्कार हुँदा पनि स्थानीय शान्ति समितिका २ वटा मात्र दर्ता हुनु यसकै कारण भएको उनीहरुको ठम्याई रहेको थियो ।

क्रियासिल महिला पत्रकार जिल्ला शाखा रुकुमले सोमबार जिल्ला सदरमुकाम मुसिकोट खलंगामा आयोजना गरेको द्धन्द्धको समयमा भएका यौनजन्य हिंसा पिडित प्रभाबको अबस्था र राहात बिषयक अन्तरक्रिया कार्यक्रम यस्तो कुरा बताईएको हो ।
युएनआरसिओ को आर्थिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा राज्यको ठोस निति तथा अधिकारकर्मीहरुको पनि चलाखिपन हुन नसक्दा यौनजन्य हिंसामा परेका महिलाहरुको तथ्यांक संकलन र राहात प्रदान गर्न नसकिएको समेत दुखेको ब्यक्त गरिएको छ । कार्यक्रममा अधिबत्ता गणेश हमालले यस सम्बन्धी एक कार्यपत्र समेत प्रस्तुत गरेका थिए भने कार्यक्रममा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राणाले यस्ता प्रकारका घटनाहरु गोपिनियतामा राखेर तथ्यांक संकलन र राहात प्रदान गर्नुपर्ने धारणा राखे । त्यस्तै स्थानीय बिकास अधिकारी भरतकुमार शर्माले सबै क्षेत्रको चलाखिपुर्ण कार्यले सबैको पिडामा मलम लाग्ने बताए । जिल्लामा नयाँ र महत्वपुर्ण कार्यक्रमको रुपमा सहभागीहरुले लिएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुको जरुरी औल्याईएको अध्यक्ष नमा रिजालले जानकारी दिईन ।
0 comments:
Post a Comment