आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, December 4, 2014

रुकुमबाट उठ्यो तरकारी बिउ आयोजना

आहा सञ्चार
रुकुम


तरकारी बिउ आयोजना सिप्रेडले रुकुममा सञ्चालन गरिरहेका कार्यक्रमहरु सम्पन्न भएका छन । आयोजनाले सदरमुकाम खलंगामा समापन कार्यक्रमको आयोजना गरि यस्तो जानकारी दिएको हो ।
    रुकुम कलस्टर भएर सल्यान र जाजरकोटमा पनि तरकारी बिउ उत्पादनको क्षेत्रमा काम गर्दै आएको सिप्रेडले जिल्लामा सन २०११ देखि कार्यक्रम सञ्चालन शुरु गरेको थियो । जिल्लाका बिभिन्न ११ गाबिसमा तरकारी उत्पादनका लागि कृषकलाई प्राबिधिक सहयोग, कृषक   सहकारीका सदस्यहरुलाई क्षमताबृद्धि तालिम र बजार प्रबद्धनमा समेत आयोजनाले सहयोग गर्दै आएको थियो ।
    मागमा आधारित तरकारी बिउ उत्पादन निति सगै रुकुममा पहिलो पटक हाईब्रेड गोलभेडा बिउ उत्पादन यस अबधीको महत्वपुर्ण काम रहेको जिल्ला कार्यक्रम संयोजक रामभक्त न्यौपानेले जानकारी दिए ।
    कार्यक्रम अबधीमा सहयोग र सहकार्य   गरेको भन्दै बिभिन्न कृषक  सहकारी संस्थालाई सम्मान समेत गरिएको थियो । आयोजना केन्द्रिय कार्यालयका टिम लिडर ईन्द्रराज पाण्डेले आफ्नो संस्था मार्फत जिल्लामा संचालित परियोजना सकिएको र यस अबधीमा सहयोग गर्ने सबै सरोकारवालाहरुलाई धन्यबाद समेत ब्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा पुगेका रुकुमका स्थानीय विकास अधिकारी भरत कुमार शर्माले यस आयोजना जिल्लामा भित्रिएपछि कृषकहरुको बिउ उत्पादन बृद्धि भएको भएपनि संस्था आफैले जनशक्ति बिस्तार क्रममा सुशासन पालना गर्न नसकेको प्रतिक्रिया दिए । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |