आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, December 28, 2014

अप्रेशन गरेर दुई सुत्केरीबाट बच्चा

गोपाल रेग्मी
चौरजहारी

जिल्लाको चौरजहारी अस्पतालमा दुई सुत्केरी महिलाको ज्यान वच्न सफल भएको छ । गर्भवती अवस्थामा रहेकी महिलालाई सल्यक्रिया गरेर वच्चा निकाले पछि उनीहरुको ज्यान वच्न सफल भएको हो । गर्भवती महिलाको व्यथा लामो समय सम्म भएको, वच्चाले आमाको पेट भित्र दिसा खाएको र सिपीडि.समस्या भएकाले उनीहरुको सल्यक्रिया गरेर वच्चा निकालिएको डाक्टर अभिजित मिश्रले जानकारी दिए । जिल्लाको पोखरा ७ कि २१ वर्षिय गौरीता घर्ति र दैलेख घर भै हाल जाजरकोट जिल्लाको दल्लीमा वस्दै आएकी २६ वर्षिय यशुधरा रावत लाई सल्यक्रिया द्धारा प्रसुति वनाईएको थियो । 

सामान्य अवस्थामा शिशु जन्मन नसक्ने भएपछि जिल्ला अस्पताल रुकुमले घर्तिलाई चौरजहारी अस्पतालमा रेफर गरेको थियो । भने प्राथामिक स्वास्थ्य केन्द्र दल्लीले रावललाई रेफर गरेर अस्पतालमा पठाएको थियो । सल्यक्रिया पछि वच्चा निकालिएका दुवै सत्केरी आमा र वच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रशासक डिल वहादुर गिरीले वताए ।

 जटिल अवस्थामा अस्पताल पु¥याईएका प्रसुति महिलाहरुको ज्यान वच्न सफल भएको भन्दै उनीहरुका आफन्तले डाक्टर एवम स्वास्थ्यकर्मिलाई धन्यवाद दिएका थिए । गर्भवती भएका महिलाहरुले अस्पताल र स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति गराए वापत १ हजार र गर्भरहेको अवधिभर नियमित ४ पटक सम्म स्वास्थ्य परिक्षण गराएमा ४ सय रुपैयाँ पाउने व्यवस्था भएकोले अस्पतालले गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामा प्रसुति हुन आग्रह समेत गरेको छ । अस्पतालमा सामान्य,जटिल र सल्यक्रिया द्धारा प्रसुति हुने सुविधाको व्यवस्था गरीएको छ ।

 

1 comments:

GLOBAL INFORMATION WEB said...

Wonderful

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |